Saturday 27th June 2026

तालिवानद्वारा पत्रकारलाइ निर्घात कुटपीट


तीतोपाटी – विरोध प्रदर्शनको रिपोर्टिङ गरेको भन्दै तालिबानले दुई जना पत्रकारलाई निर्घात कुटपिट गरेको छ । एटिलाट्रोज अखबारका दुई पत्रकारलाई तालिबानले निर्घात रूपमा कुटपिट गरेको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रकाशित गरेका छन् ।

कुटपिटका कारण शरीरमा नीलडाम रहेका उनीहरुको तस्बिर पनि सार्वजनिक भएका छन् । अखबारका रिपोर्टर ताकी दरयाबी र फोटोपत्रकार नेमतुल्लाह नकदीलाई तालिबानले कुटपिट गरेका हुन् । उनीहरूले बुधबार काबुलमा भएको महिलाहरूको विरोध प्रदर्शनको रिपोर्टिङ गरेका थिए । उनीहरूलाई तालिबानले प्रदर्शनस्थलबाटै नियन्त्रणमा लिएर प्रहरी चौकीमा लगेका थिए । चौकीमै उनीहरूलाई लट्ठी, बिजुलीका तार र कोर्राले हिर्काइएको थियो । केही घण्टापछि कुनै जानकारीबिना उनीहरूलाई छाडिएको थियो ।

अन्तर्राष्ट्रिय गैरसकारी संस्था सीपेजीका अनुसार पछिल्लो दुई दिनमा तालिबानले १४ जना पत्रकारलाई नियन्त्रणमा लिएर छाडेको छ ।


सम्बन्धित शीर्षकहरु

इरान र संयुक्त राज्य अमेरिका बीच युद्ध अन्त्य गर्ने उद्देश्यले भएको सम्झौतालाई इरानका प्रमुख वार्ताकार Mohammad Bagher Ghalibaf ले “अमेरिकाको…

कुवेतको लुलु हाइपरमार्केटले आफ्नो खुद्रा व्यापार यात्राको महत्वपूर्ण उपलब्धि हासिल गर्दै बहुप्रतीक्षित २५औँ वार्षिकोत्सव उत्सव सुरु गरेको छ। यस अवसरमा…

भेनेजुएलामा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प र २० भन्दा बढी परकम्पपछि आपतकाल घोषणा गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण…

प्रतिकृयाहरू
...