Tuesday 30th December 2025

तालिवानद्वारा पत्रकारलाइ निर्घात कुटपीट


तीतोपाटी – विरोध प्रदर्शनको रिपोर्टिङ गरेको भन्दै तालिबानले दुई जना पत्रकारलाई निर्घात कुटपिट गरेको छ । एटिलाट्रोज अखबारका दुई पत्रकारलाई तालिबानले निर्घात रूपमा कुटपिट गरेको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रकाशित गरेका छन् ।

कुटपिटका कारण शरीरमा नीलडाम रहेका उनीहरुको तस्बिर पनि सार्वजनिक भएका छन् । अखबारका रिपोर्टर ताकी दरयाबी र फोटोपत्रकार नेमतुल्लाह नकदीलाई तालिबानले कुटपिट गरेका हुन् । उनीहरूले बुधबार काबुलमा भएको महिलाहरूको विरोध प्रदर्शनको रिपोर्टिङ गरेका थिए । उनीहरूलाई तालिबानले प्रदर्शनस्थलबाटै नियन्त्रणमा लिएर प्रहरी चौकीमा लगेका थिए । चौकीमै उनीहरूलाई लट्ठी, बिजुलीका तार र कोर्राले हिर्काइएको थियो । केही घण्टापछि कुनै जानकारीबिना उनीहरूलाई छाडिएको थियो ।

अन्तर्राष्ट्रिय गैरसकारी संस्था सीपेजीका अनुसार पछिल्लो दुई दिनमा तालिबानले १४ जना पत्रकारलाई नियन्त्रणमा लिएर छाडेको छ ।


सम्बन्धित शीर्षकहरु

यस वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको पाँचै भेटघाट इजरायलको सुरक्षा र विश्वमा प्रतिष्ठाको लागि महत्त्वपूर्ण कोशेढुङ्गा थिए।…

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच सहमति भएको छ । उनीहरूबीच आइतबार बिहान ७…

इजरायलले सोमालील्यान्डलाई स्वतन्त्र र सार्वभौम राज्यको रूपमा औपचारिक रूपमा मान्यता दिने पहिलो देशको रूपमा घोषणा गरेको छ, र यसले क्षेत्रीय…

प्रतिकृयाहरू
...