Wednesday 8th October 2025

बोस्टनमा पत्रकार विरहीलाई सम्मान


तीतोपाटी डटकम-बोस्टन, अमेरिका-वरिष्ट पत्रकार हरिहर विरहीलाई बोस्टनमा सम्मान गर्दै रात्रीभोजको आयोजना गरिएको छ । राज-मित्र स्मृति प्रज्ञाप्रतिष्ठानले विरहीको सम्मान कार्यक्रमको आयोजना गरेको हो । प्रतिष्ठानका संरक्षक सुशील नेपालले विरही र उहाँको धर्मपत्नी ज्ञानु आचार्यलाई सम्मानित गरेका हुन् ।

बोस्टनमा बसेर साहित्य सिर्जना गर्ने सर्जकलाई प्रत्येक वर्ष सम्मान गर्दै आएको प्रतिष्ठानले बोस्टन भ्रमणमा आउने साहित्यकार र पत्रकारलाई पनि सम्मान गर्ने गरेको छ । राजमित्र स्मृति प्राङ्गणमा आयोजित कार्यक्रममा बोस्टनका समाजसेवी प्रह्लाद केसी, अनेसासका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजा, राजमित्र प्रज्ञाप्रतिष्ठानका अध्यक्ष हरि काफ्ले, अनेसास बोस्टन च्याप्टर अध्यक्ष दीपा राई पुन, चर्चित फोटोग्राफर विमल नेपाल र पारिवारिक सदस्यहरूको उपस्थिति रहेको थियो ।

यसअघि वरिष्ठ पत्रकार तारा बराल र साहित्यकार विटु केसीलाई पनि सम्मान गर्दै रात्रीभोजको आयोजना गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- बिगत दुई दिन देखि   निरन्तर परेको पानीको कारण बाढी पहिरो परेर ज्यान गुमाउनको संख्या ४९ पुगेको छ ।नेपाल प्रहरीले…

तितोपाटी- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका यातायात तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । …

तितोपाटी-नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको हवाई भाडादर सार्वजनिक गरेको छ ।  नेपाल सरकारबाट स्वीकृत तोकिएको अधिकतम भाडादरभन्दा बढी रकम…

प्रतिकृयाहरू
...