Sunday 18th October 2026

धर्मिला कार्कीको गजल संग्रह – २७


गजल
###
बहर : मुतकारिब मुसम्मन सालिम

शिलामा कुदेको सुनौलो कदर छ ।
कदरमा लुकेको अनौठो रहर छ ।

हिजो आज आफू बिरामी भएमा
बिचल्ली हुने हुन् कि सन्तान डर छ ।

बगायो नदीले सबै खेतबारी
कहाँ बस्नु अब घर घडेरी बगर छ ।

लुकाएर पीडा कहाँ हाँस्न सक्छु
रुझेको छ साथी झरीको असर छ ।

तिमी नै तिमी देख्छ जहिले नयनले
जो दिलमा गढ्यो त्यही माया अमर छ ।

-धर्मिला कार्की
महाराजगन्ज-३, काठमाडौँ


सम्बन्धित शीर्षकहरु

फ्रान्समा बढ्दो महँगी, सार्वजनिक सेवामा लगानीको कमी, शिक्षा क्षेत्रमा देखिएका समस्या तथा सरकारको कामप्रति असन्तुष्टि जनाउँदै देशभर भएका प्रदर्शन शनिबार…

नेपाली चलचित्रका महानायक राजेश हमालले झापाको बिर्तामोडमा निर्माणाधीन वास्तु विहारको आवासीय परियोजनाको उद्घाटन गरेका छन् । बिर्तामोड नगरपालिका–२ रामचोकस्थित निदी…

भारतमा उपग्रहमा आधारित इन्टरनेट सेवा सुरु गर्ने विषयलाई लिएर विश्वका दुई ठूला व्यवसायिक समूहबीच सार्वजनिक बहस चर्किएको छ। एलन मस्कको…

प्रतिकृयाहरू
...