Wednesday 18th February 2026

जापानले नेपाललाई दिने भयो आफ्नो देशमा उत्पादन भएको १६ लाख डोज अष्ट्राजेनेका खोप


तीतोपाटी डटकम-मित्र राष्ट्र जापानले नेपाललाई कोरोनाभाइरसविरूद्धको १६ लाख डोज खोप दिने भएको छ।काठमाडौंस्थित जापानी राजदूतावासले आउने केही साताभित्र अक्सफोर्ड/अष्ट्राजेनेकाले बनाएको भ्याक्सिन नेपाल आउने जानकारी दिएको छ।

जापानले उक्त खोप कोभ्याक्समार्फत् दिन लागेको हो।जापानमा नै बनेको यो खोप कहिले नेपालमा आउँछ भन्ने मिति टुंगो लाग्न बाँकी छ।नेपालका लागि जापानका राजदूत किकुता युताका जापानले दिन लागेको खोपले नेपाल-जापान लामो सम्बन्धलाई दर्शाउने बताएका छन्।

जापानले दिएको खोपले यसअघि भारतमा उत्पादित कोभिसिल्ड खोपको पहिलो डोज लगाएका वृद्धवृद्धालाई दोस्रो डोज लगाउन पुग्नेछ।यसअघि मंगलबार जापानका विदेश मन्त्री ओसिमित्सु मोतेगीले कोभ्याक्समार्फत् यी मुलुकलाई १ करोड १० लाख डोज भ्याक्सिन दिने बताएका थिए।

उनले दिएको जानकारीअनुसार बंगलादेश, कम्बोडिया, इरान, लाओस, नेपाल र श्रीलंकासहित अरू प्यासेफिक आइल्यान्ड मुलुकलाई दिइनेछ।जापानले कोभ्याक्सलाई १ अर्ब डलर र ३ करोड डोज खोप दिने प्रतिवद्धता व्यक्त गरेको छ।

-साभार-सेतोपाटो


सम्बन्धित शीर्षकहरु

Bhubaneswar को सुन्दरपाडा क्षेत्रमा जनवरी २७ साँझ भएको शक्तिशाली विस्फोटको सीसीटीभी फुटेज सार्वजनिक भएको छ। फुटेजमा विस्फोटको तीव्रता स्पष्ट देखिन्छ,…

दक्षिण एसियाको पूर्वी भू–भाग फेरि एकपटक रणनीतिक र आर्थिक बहसको केन्द्रमा आएको छ। हालै Muhammad Yunus ले आफ्नो सम्बोधनमा “नेपाल,…

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र…

प्रतिकृयाहरू
...