Thursday 19th March 2026

एनसीसी कुवेतको निर्वाचन समितिद्वारा निर्वाचन आचारसंहिता तथा कार्यतालिका सार्वजनिक


भोली आइतबार पञ्जिकृत सदस्यको नामावली सार्वजनिक, बुधबार उम्मेदवारले उम्मेदवारी दिन पाउने

तीतोपाटी – गैरआवासीय नेपली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको आसन्न साताैं राष्ट्रिय महाधिवेशन सम्पन्न गर्नको लागि गठित निर्वाचन समितिले महाधिवेशन प्रयोजनको लागि निर्वाचन आचारसंहिता तथा कार्यतालिका सार्वजनिक गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त सुजन के.सि. द्वारा हस्ताक्षरित आचारसंहितामा जनाइए अनुसार एनआरएनएको पञ्जिकृत सदस्य बनेको व्यक्तिले मात्र  अधिवेशनमा भाग लिन पाउनेछन्  भने कुनै पनि पदको लागि आवश्यक पद भन्दा बढि व्यक्तिको उम्मेदवारी परेमा विद्युतीय अनलाइन प्रविधिबाट निर्वाचन गराइनेछ ।

निर्वाचन कार्यतालिकामा जनाइए अनुसार भोली आइतबार पञ्जिकृत सदस्यहरूको नामावली प्रकाशित गरिनेछ भने आगामी बुधबार दिउँसो २ः०० बजेदेखि बेलुकी ७ः०० बजेसम्म एनसीसी कुवेतको सन २०२१-२०२३ को लागि बन्ने कार्यसमितिको विभिन्न पदमा उम्मेदवारी दिन सकिने छ । यस पटक देखि उम्मेदवारी फिर्ता गरे पनि उम्मेदवारी शुल्क भने फिर्ता नहुने भएको छ ।

त्यसै गरि उम्मेदवारी दिने व्यक्तिले यस देशको नियम कानुन अनुसार चल्नु पर्ने भएकोले सञ्चार माध्यम वा समाजिक सञ्जालमा उम्मेदवारी घोषणा गर्ने, पर्चा-पम्प्लेटिङ वा प्रचार प्रसार, खुला सभा तथा धार्मिक, राजनैतिक र जातीय नारा प्रगोग गर्न वा एक उम्मेदवारले अर्को उम्मेदवारको विरूद्धमा गालीगलाैज, चरित्रचित्रण  आदि गर्न पाइने छैन ।

त्यसै गरि कुनै प्यानल खडा गरि प्यानलबाजीमा उत्रन तथा सामुहिक उम्मेदवारी दिन समेत पाइने छैन । उम्मेदवारको प्रस्तावक र समर्थक बस्ने मानिसले उम्मेदवारी दिन पाउने छैनन् । यदि त्यसो गरेको पाइएमा वा प्रमाणित भएमा निर्वाचन समितिले त्यस्ता व्यक्तिको उम्मेदवारी वदर गर्न सक्ने छ ।

विस्तृत विवरणको लागि निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन आचारसंहिता तथा निर्वाचन कार्यतालिका जस्ताको तस्तैः

 


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...