Monday 25th May 2026

तीन पेनाल्टी रोकेर जितेको अर्जेन्टिनाले ब्राजिलसंग फाइनल खेल्ने


तीतोपाटी डटकम-२३ असार काठमाडौं । गोलकिपर एमिलियानो मार्टिनेज पेनाल्टी सुटआउटमा नायक बनेपछि अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ ।बुधबार बिहान भएको दोस्रो सेमिफाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३-२ ले हराएर अर्जेन्टिना फाइनल पुगेको हो । अब अर्जेन्टिनाले उपाधिका लागि आयोजक ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ ।

ब्रासिलियास्थित नासिओनल स्टेडियममा भएको खेलको निर्धारित समय १-१ को बराबरीमा सकिएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको हो । खेलको सातौं मिनेटमै लिओनल मेस्सीको पासमा लाउटारो मार्टनिजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । तर ६२औं मिनेटमा कोलम्बियाका लुइस डियाजले एडविन कार्डोनाको पासमा बराबरी गोल फर्काएका थिए ।

निर्धारित ९० मिनेट बराबरी भएपछि खेल सीधै पेनाल्टी सुटआउटमा पुग्यो । जहाँ अर्जेन्टिनाका लागि चार खेलाडीले पेनाल्टी प्रहार गर्दा ३ खेलाडीले गोल गरे । कोलम्बियाले पाँच पेनाल्टी प्रहार गर्दा दुई प्रहार मात्र गोल भयो।अर्जेन्टिनाका गोलकिपर मार्टिनेजले तीन पेनाल्टी बचाए । मार्टिनेजले डेभिडसन सान्चेज, येरी मिना र एडविन कार्डोनाको पेनाल्टी प्रहार बचाए । कोलम्बियाका जुवान कुड्राडो र मिगुएल बोर्जाले मात्र गोल गरे ।

अर्जेन्टिनाका लागि कप्तान लिओनल मेस्सी, लियोन्ड्रे परेडेस र लाउटारो मार्टिनेजले गोल गरे । रोड्रिगो डे पउलको प्रहार पोष्ट माथिबाट बाहिरियो ।अर्जेन्टिना सन् २०१६ पछि फाइनलमा पुगेको हो । दुई वर्षअघि ब्राजिलमै भएको प्रतियोगितामा अर्जेन्टिना सेमिफाइनलमा ब्राजिलसँग पराजित भएको थियो । यस पटक ब्राजिल विरुद्ध बदला लिंदै उपाधि जित्ने अवसर अर्जेन्टिनालाई छ ।

ब्राजिल भने पहिलो सेमिफाइनलमा पेरुलाई हराएर फाइनल पुगेको हो ।फाइनल खेल आइतबार बिहान हुनेछ । १४ वर्षपछि ब्राजिल र अर्जेन्टिना कोपाको फाइनलमा भिड्ने भएका हुन् । सन् २००७ मा ब्राजिलले फाइनलमा अर्जेन्टिनालाई पराजित गरेको थियो ।

सेमिफाइनलमा पराजित पेरु र कोलम्बियाबीच तेस्रो स्थानको लागि खेल हुनेछ।

साभार-अनलाइन खबर


सम्बन्धित शीर्षकहरु

बालेन शाह ले गणतन्त्र दिवसमा सम्बोधन नगर्ने निर्णय केवल एउटा “कार्यक्रम व्यवस्थापन” को विषय मात्र होइन, यो अहिलेको सत्ता–शैली, राजनीतिक…

पाकिस्तान को बलुचिस्तान प्रान्तमा आज रेलमाथि भएको भीषण आक्रमणले फेरि त्यहाँको सुरक्षा अवस्था अत्यन्तै संवेदनशील रहेको देखाएको छ। क्वेटा नजिक…

जेम्स वेब स्पेस टेलिस्कोप बाट प्राप्त नयाँ तथ्यांकले नेप्च्यून ग्रहको चन्द्रमा “नेरेइड” बारे रोचक कुरा देखाएको छ। वैज्ञानिकहरूका अनुसार नेरेइड…

प्रतिकृयाहरू
...