Wednesday 17th June 2026

प्रतिमा शिवाकोटीको गजल संग्रह, भाग – २६


गजल
###
रैछौ धनको गरिब भनी, कोहि लत्याउँछन यहाँ ।
असल इमानदार देखि, कोहि पत्याउँछन यहाँ ।

स्वार्थहरु पूरा गर्न, ठाँउ ठाँउमा मौका हेरी,
बिना कारण पनि कोहि, गलहत्याउँछ्न यहाँ ।

कहिल्यै पर्ख नभनेर हैसियतले भ्याएसम्म,
जे मागे नि फुत्तै दिई, कोहि रत्याउँछन यहाँ ।

यो मुहारमा खुसी छर्न, जिन्दगीभर मरिमेटी,
अति धेरै माया गरि, कोहि मत्याउँछन यहाँ ।

मिठो मिठो परिकार, बनाएर खुवाउनलाई,
चामल र भुस छुट्याउन, कोहि बत्याउँछन यहाँ।

प्रतिमा शिवाकोटी
कालिन्चोक गा. पा ८, सुनखानी दोलखा।
(रचना : २०७८/३/३ बिहिवार)


सम्बन्धित शीर्षकहरु

इरानी अधिकारीहरूले अमेरिका–इरान शान्ति सम्झौतालाई अमेरिका र इजरायलमाथिको रणनीतिक तथा राजनीतिक विजयका रूपमा चित्रण गरेका छन्। तेहरानको दाबी अनुसार महिनौंसम्म…

विगत साढे तीन महिनाभन्दा बढी समयदेखि मध्यपूर्वलाई अशान्त बनाउँदै आएको अमेरिका र इरानबीचको युद्ध अन्त्यका लागि दुवै देश एक ‘शान्ति…

बेरुत। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री इजरायल काट्जले लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरस्थित दहियाह जिल्लाभित्र रहेको हिजबुल्लाहको नयाँ पहिचान…

प्रतिकृयाहरू
...