Monday 24th August 2026

टिपरको ठक्करबाट एक सञ्चारकर्मीको मृत्यु


तीतोपाटी डटकम-सर्लाहीमा टिपरको ठक्करबाट एक सञ्चारकर्मीको मृत्यु भएको छ । हरिपुर्वा नगरपालिका वडा नम्बर ८ स्थित वसन्तपुर मुखिया चोकमा हरिपुर्वा तर्फ जाँदै गरेको टिपरले विपरीत दिशा तर्फबाट आउँदै गरेको ज ७ प ९०४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक महोत्तरीस्थित जुनतारा एफएममा कार्यरत संचारकर्मी अर्जुन कुशवाहा महतोको मृत्यु भएको हो ।

संचारकर्मी महतोको घटनास्थलमै मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ । उनको मृत्युपछि आक्रोशित स्थानीयले टिपरमा आगजनी समेत गरेका छन्।टिपर चालक भने सर्लाही प्रहरीको नियन्त्रणमा रहेको जनाएको छ ।

साभार-रातोपाटी डटकम


सम्बन्धित शीर्षकहरु

एक महिनाअघि उद्घाटन गरिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबारदेखि निजी सवारीसाधनका लागि पनि सञ्चालनमा ल्याइएको छ। नौ सिटसम्मका कार, जीप र भ्यानलाई…

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा छुट्टाछुट्टै…

अमेरिका र इरानबीचको तनाव पुनः तीव्र बनेको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले वाशिङ्टनले इरानलाई टिकाइराख्ने “हरेक आर्थिक जीवनरेखा काट्ने” नीति…

प्रतिकृयाहरू
...