Friday 2nd May 2025

आजदेखि निषेधाज्ञामा कडाइ : बिहानैदेखि कारवाही शुरु(तस्बिरहरु)


तीतोपाटी डटकम- स्थानीय प्रशासनले का ठमाडौं उपत्यकामा निषेधाज्ञालाई शुक्रबारदेखि थप कडा बनाएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको संयुक्त बैठकले काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप कडा बनाउने निर्णय गरेको थियो । साेही निर्णयअनुसार आजदेखि निषेधाज्ञामा कडाइ गरिएको हो । बिहानैदेखि अत्यावश्यक कामबाहेक हिँडडुल गर्नेहरुलाई हाेल्डमा राखिएको छ भने अनुमति बेगर सवारी चलाउनेहरुमाथि पनि कारवाही शुरु गरिएको छ।

काठमाडौं उपत्यकामा वैशाख १६ देखि निषेधाज्ञा जारी छ । प्रमुख जिल्ला अधिकारीहरुको मंगलबारको बैठकले जारी निषेधाज्ञालाई थप कडा पारेर जेठ २० गते मध्यरातसम्म लम्ब्याउने निर्णय गरेको थियो।

यो पनि
काठमाडौंमा थप कडाइ : के गर्न पाइन्छ, के पाइँदैन ? (सूचीसहित)
​पहिलोपटक एक हप्ताका लागि जारी गरिएको निषेधाज्ञा पटक–पटक थपिए पनि काठमाडौं उपत्यकामा कोभिड–१९ को चेन ब्रेक हुन सकेको छैन । संक्रमण र मृत्युदर करिब एक महिनादेखि उस्तै छ । निषेधाज्ञाले संक्रमणको दर घटाउन भुमिका खेलेको छैन । तर, स्थानीय प्रशासनले निषेधाज्ञा जारी राख्दै थप कडा बनाउने निर्णय गरेको छ । यद्यपि संक्रमण नियन्त्रणमा आएको काठमाडौंका सीडीओको दाबी छ ।

निषेधाज्ञालाई निरन्तरता दिएर नै कोभिडको चेन भत्काउन सकिने निष्कर्षसहित जेठ १४ बाट निषेधाज्ञालाई थप कडा पार्ने प्रजिअहरुले निर्णय गरेका छन् । मंगलबारको निर्णय अनुसार जेठ १४ बाट उपत्यका खाद्यान्न, किराना तथा डिपार्टमेन्ट स्टोर खोल्न पाइँदैन । सरकारी कार्यालय, बैंक, इन्टरनेट सेवा प्रदायक संस्था र एनसेलका सवारी साधन बिहान साढे ९ देखि साढे १० सम्म चल्न पाउने छन् । त्यसैगरी बेलुका ५ बजेदेखि ६ बजेसम्म मात्र ती सवारी साधनहरु चल्न पाउँनेछन् ।

सरकारी, बैंक र इन्टरनेट सेवा प्रदायक कम्पनीका गाडी गुडाउन कडाइ गर्ने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले रातोपाटीलाई बताए ।

निजी तथा सार्वजनिक निर्माण बन्द गर्ने र निर्माण सामग्री ढुवानीमा पनि रोक लगाउने निर्णय गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरबाट यसअघि जारी सबै सवारी पास रद्द गरिएको छ । आदेशको अवज्ञा गर्नेलाई कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–०७८ अनुसार कारवाही गरिने स्थानीय प्रशासनले चेतावनी दिएको छ ।

साभार-रातोपाटी डटकम

 


सम्बन्धित शीर्षकहरु

इजरायलको अग्नि तथा उद्धार प्राधिकरणले बुधबार बिहान जुडियन पहाडमा ठूलो आगलागी भएको र यो जेरुसेलम क्षेत्रमा फैलिएको रिपोर्ट गरेको छ।…

“भाषा, धर्म, सरकार, संस्कृतिको संरक्षण, किरातीहरूको साझा अभियान” भन्ने मूल नारासहित किराती समुदायको महान चाड यक्वा तङनाम, साकेला उभौली, तथा…

कुवेत — नेपाली कलाकारिताको समर्पण र सिर्जनशीलताले फेरि एकपटक विदेशी भूमिमा गर्जन गरेको छ। व्यस्त दिनचर्या र सीमित स्रोतबीच पनि…

प्रतिकृयाहरू
...