Monday 12th October 2026

सोमनाथ लुइटेल ‘रवि’ को गजल संग्रह – ९


अन्जानको भेट मेरो लागि खास भयो ।
प्रियसीको ओडारमा बस्ने बास भयो ।

दुष्मन लाग्दछन् पछि बासै उठाउन
हेर्दा हेर्दै तिनीहरु सबैको नाश भयो ।

जब जब एक्लो भएँ साथ तिम्रो पाएँ
एक्लो छैन भन्ने आज आभास भयो ।

मायाको संसारमा रमाउन चाहन्छु
केही छैन साथी समयको दास भयो ।

दिन प्रती दिन बढ्यो हाम्रो सामिप्यता
एकदिन तिमी आउछौ भन्ने आश भयो ।

 

सोमनाथ लुइटेल ‘रवि’ पाल्पाली
हालः युगाण्डा ।


सम्बन्धित शीर्षकहरु

सुडान र इजिप्टको सीमावर्ती क्षेत्रमा रहेको एक सुन खानीमा भएको हवाई आक्रमणमा कम्तीमा ७२ जना मजदुरको मृत्यु भएको छ। सुडानी…

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ। मतगणनाको अन्तिम परिणामअनुसार उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी…

१२ अक्टोबर २०२६ | अन्तर्राष्ट्रिय समाचार , साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार भएको भनिएको हुथी आक्रमणमा…

प्रतिकृयाहरू
...