Monday 12th October 2026

टहल आचार्यको गजल संग्रह – १६


दुई दिनको अभियान सबै शून्य पारी हजुर ।
बोक्या बोक्यै गईँदो रैछ तनावको भारी हजुर ।

हिरा मोती जुहारत सुवर्णको ढुकुटी त्यो ,
जोडे पनि घर महल जग्गा खेत वारी हजुर ।

गुणी मूर्ख रुप कुरुप बलिया र निर्धाहरु ,
जो भए नी राजा रङ्क साधु ब्रम्हचारी हजुर ।

घर गाउँ छिमेकी ती ससुराली मावली र ,
नातागोता आफ्नो अर्को मायामोह मारी हजुर ।

यति गर्न उति गर्न पाए हुन्थ्यो भन्दा भन्दै,
पार नभै भवसागर घनघोर घारी हजुर ।
***

टहल आचार्य
कालिञ्चोक ८ सुनखानी दोलखा
बागमती प्रदेश


सम्बन्धित शीर्षकहरु

सुडान र इजिप्टको सीमावर्ती क्षेत्रमा रहेको एक सुन खानीमा भएको हवाई आक्रमणमा कम्तीमा ७२ जना मजदुरको मृत्यु भएको छ। सुडानी…

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ। मतगणनाको अन्तिम परिणामअनुसार उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी…

१२ अक्टोबर २०२६ | अन्तर्राष्ट्रिय समाचार , साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार भएको भनिएको हुथी आक्रमणमा…

प्रतिकृयाहरू
...