Friday 28th August 2026

प्रतिगमन -२ को विरूद्ध कुवेतका ५ राजनीतिक संगठनले निकाले संयुक्त प्रेस विज्ञप्ति


तीतोपाटी – राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीपरिषदको सिफारिशमा प्रतिनिधि सभा विघटन गरी मध्यवधि निर्वाचन घोषणा गरेको विरोधमा कुवेतमा रहेका ५ राजनीतिक पार्टीका भातृ संगठनहरूले संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गरेका छन् ।

पाँच वटै भातृ संगठनका प्रमुखहरूले हस्ताक्षर गरि प्रकाशित गरिएकाे प्रेस विज्ञप्तिमा प्रधानमन्त्री केपि शर्मा ओलीले षड्यान्त्रपुर्वक राष्ट्रपतिलाइ प्रयोग गरि पदको दुरूपयोग गरि जनताको सर्वोच्च संस्था संसदको हत्या तथा जनताकाे वलिदानी संघर्षको उपलब्धिको रूपमा रहेको संविधान नै समाप्त गर्न लागेकोले संघीयल लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षार्थ सबै लोकतन्त्रवादी शक्तिहरू एकजुट हुन अाह्वान गर्दै प्रधानमन्त्रिका असंवैधानिक, अलोकतान्त्रिक कार्यका विरूद्ध राजनीतिक, न्यायिक र सामाजिक लडाइ लड्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

पाँच राजनीतिक दलका भातृ संगठनहरू नेपाली जन-सम्पर्क समिति कुवेत, नेपाली जन-प्रगतिशील मञ्च कुवेत, नेपाली समाज कुवेत, प्रवासी नेपाली मञ्च कुवेत र कुवेत नेपाली एकता समाज केन्द्रिय समिति कुवेतले संयुक्त प्रेस विज्ञप्ति निकालेका हुन् ।

संयुक्त प्रेस विज्ञप्तिको पुर्ण पाठ जस्ताको तस्तैः

 


सम्बन्धित शीर्षकहरु

हाले नेपालको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको तथा धेरै…

नेपालमा हालै आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि कुवेतमा रहेका नेपाली समुदायबाट सहयोग संकलन गर्न गैरआवासीय…

नेपाल–तिब्बत सीमा क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोमा परी मृत्यु हुनेको संख्या ४६९ पुगेको छ भने १,३०० भन्दा बढी व्यक्ति…

प्रतिकृयाहरू
...