Monday 22nd June 2026

आमालाई ढोग गर्न नेपाल जाँदा टुरिस्ट भिसा लिन नपरोस् : सुवेदी


संवाददाता, आयोवा, अमेरिका – अमेरिका आएका पहिलो पुस्ता नेपालमा जन्मिएको हो । आमाबाबा र परिवारका थुप्रै सदस्य नेपालमै छन् । जबजब तिनै आमाबाबा र मान्यजनको आशीर्वाद लिन नेपाल गइन्छ, नेपालको एयरपोर्टमा टुरिस्ट भिसा लगाउनुपर्छ । मनभरि नेपाल र नेपाली राखेर अमेरिकामा संघर्षरत नेपाली चाहन्छन् नेपाल जाँदा टुरिस्ट भिसा लिन नपरोस् । हो, यही एजेन्डा नै पहिलो मुद्दा भएको बताउँछन् गैरआवासीय नेपाल संघको अमेरिका शाखा(एनआरएनए)को आउँदो निर्वाचनमा अध्यक्षका उम्मेदवार बुद्धिसागर सुवेदी ।

नागरिकता र दोहोरो करको विषयमा एनआरएन अमेरिकाले विशेष चासो राख्नुपर्ने उनको धारणा छ । माइनोरिटी कम्युनिटीका हिसाबले अमेरिकामा पनि अधिकार प्राप्तिका लागि लाग्नुपर्ने भनाइ उनले राखेका छन् । बिहीबार उनी आयोवामा आयोजित नेपाली समुदायको जमघटमा बोल्दै थिए ।

‘जो हामी नेपालमा जन्मियौं, विशेष परिस्थितिले यहाँ आयौं, यहाँको पासपोर्ट लियौं, हाम्रो पासपोर्टमा बर्थप्लेस नेपाल लेखिएको छ, हामी यहाँ बस्छौं तर जतिखेर पनि नेपालको सपना देख्छौं, उनले, ‘नेपालका आमाबाबा, दाजुइभाइ दिदीबैनीलाई के कस्तो छ भनेर नेपालका समाचार हेरिरहेका हुन्छौं । तर तिनै आमालाई भेट्न जाँदा, ढोग गर्न जाँदा नेपालको एयरपोर्टमा हामीलाई टुरिस्ट भिसा लगाउनुपर्छ ।’ यस्तो समस्या मध्यपूर्वमा बस्ने नेपालीले भन्दा अमेरिकामा बस्नेले सोच्नुपर्ने उनले बताए ।

एउटा युनिट तयार गरी त्यसले नेपाल सरकारसँग दोहोरो कर लगायत विषयमा कुरा गर्नुपर्ने विचार सुवेदीले प्रकट गरे । जसको पासपोर्टमा बर्थप्लेस नेपाल लेखिएको छ, उनीहरुलाई टुरिस्ट भिसा लगाइनु हुँदैन भनेर आफूले नेपाल सरकार समक्ष लबिङ गर्ने प्रतिबद्धता सुवेदीले जनाए ।

एनआरएनए अमेरिकाका सल्लाहकार लालप्रसाद काफ्लेले नेपालमा लबिङ गर्न सक्ने मानिसलाई नेता बनाऔं भन्ने भनाइ राखे । काफ्ले बुद्धिसागर जिताऊ अभियानको संयोजक छन् । ‘बुद्धिसागर सुवेदीलाई भोट दिनोस्, बुद्धिसागर सुवेदीले तपाईंको शिर निहुरने काम गर्नुहुने छैन । उहाँ नेपालमा हुँदा पनि ३ सिफ्ट काम गर्नुहुन्थ्यो, पेसाप्रति अति डेडिकेटेड मानिस हुनुहुन्छ, अब उहाँको डेडिकेसन एनआरएनमा हो ।’

सिनियर भाइस प्रेसिडेन्टका उम्मेदवार बिआर लामाले आफू निरन्तर एनआरएन अभियानमा रहेको सुनाए । इजरेलमा हुँदा पनि महासचिव भएर काम गरेको अनुभव सुनाउँदै अमेरिका आइसकेपछि पनि एनआरएन खोज्दै हिँडेको उनको भनाइ थियो । आइसिसी र एनसिसीको विधान बाझिने खालको भएको आफूले पाएको पनि उनले सुनाए । त्यसबारे आफूले धेरैचोटि आवाज उठाएको उनको भनाइ थियो ।

उपाध्यक्षका उम्मेदवार डिलुराम पराजुलीले बुद्धिसागरको मिसन भिजनमा अघि बढ्ने प्रतिबद्धता जनाए । रकेट साइन्टिस्टसमेत रहेका कोषाध्यक्षका उम्मेदवार राजीव श्रेष्ठले नयाँ पुस्ता र नेपाललाई जोड्ने, शाखाहरुलाई जोड्ने र आर्थिक स्रोत जुटाउन प्रयत्न गर्ने बताए । आइसिसी सदस्यका उम्मेदवार प्रीति खत्रीले एनआरएन र आइसिसी जोड्न आफू सक्षम भएको विश्वास व्यक्त गरे । आइसिसीलाई सुधार्न उम्मेदवारहरुले आफूलाई सुधार्नुपर्ने सुझाव पनि उनले दिए ।

आइसिसी सदस्यका उम्मेदवार महेन्द्र बस्नेतले स्थानीय संस्थामा बसेर आफूले नेपालीहरुलाई जोड्ने काम गरेको अनुभव सुनाए । उनले सबैसँग मिलेर बस्न सक्ने र मिलेर काम गर्न सक्ने विश्वास व्यक्त गरे । बोर्ड अफ डिरेक्टरका उम्मेदवार सन्तोष पहारीले अब एनआरएनसँग प्रश्न नगर्ने उत्तर दिनुपर्छ भनेर उम्मेदवार बनेको सुनाए । बोर्ड अफ डिरेक्टरका उम्मेदवार दीपकराज पन्त अमेरिका आएपछि स्थानीय स्तरमा रहेर नेपालीसँग हातेमालो गर्दै गर्दा एनआरएनसँग जोडिनुपर्ने आवश्यकता देखेको बताए । विसकन्सिनका नवनिर्वाचित निर्विरोध अध्यक्ष दीपक थापा, विन्सकन्सिनका अध्यक्ष टुकराज रेग्मी र एनआरएनए आइवा च्याप्टरका संस्थापक सचिव रघुनाथ आचार्यले शुभकामना सन्देश दिए ।

आयोवाको कार्यक्रममा गायक रामकृष्ण ढकालले एनआरएन अमेरिकाको अध्यक्षमा बुद्धिसागर सुवेदीलाई निर्वाचित गर्न शुभकामना दिए । उनले समाजका लागि केही गरौं भन्ने भावना भएका र परोपकारी काममा खर्च गर्न सक्ने टिम आफूले बुद्धिसागरमा देखेको ढकालले बताए । महिला सचिवकी उम्मेदवार तारा मरहट्टाको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन नवनिर्वाचित निर्विरोध आइवा च्याप्टर अध्यक्ष ज्योति बरालले गरेकी थिइन् ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी, जुन २२ – कुवेतको गृह मन्त्रालयले (Ministry of Interior (Kuwait)) आइतबारदेखि माछा मार्ने तथा मनोरञ्जनका लागि प्रयोग हुने…

प्रधानमन्त्री बालेन शाह काठमाडौं महानगरपालिकाको मेयर हुँदा विकास निर्माणका काममा भएको ढिलाइ, रिङरोड विस्तार, फोहोर व्यवस्थापन, सडक, विद्युत् र विभिन्न…

अमेरिका–इजरायलले इरानमा गरेको आक्रमणले सत्ता परिवर्तन गर्ने लक्ष्य पूरा हुन सकेन र अन्ततः ११० दिनपछि अमेरिकाले इरानसँग अन्तरिम शान्ति समझ्दारी…

प्रतिकृयाहरू
...