Saturday 15th August 2026

नेपालमा पछिल्लो २४ घण्टामा थप ८९६० नयाँ संक्रमित, थप २१४ जनाको मृत्यु


तीतोपाटी – विश्वव्यापी कोरोना महामारीको दोश्रो लहर फैलिए यता नेपालमा कोरोना संक्रमित हुने र ज्यान गुमाउनेको संख्या बढ्दो छ । नेपालमा पछिल्लो २४ घण्टा भित्रमा थप ८९६० जनामा कोरोना संक्रमण देखिएको छ भने २१४ जनाको ज्यान गएको छ ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १९ हजार ४७४ पीसीआर परीक्षणबाट ८ हजार ८४२ जनामा कोरोना पुष्टि भएको हो भने एन्टिजेन विधिबाट गरिएको ७७१ नमुना परीक्षणमा ११८ जनामा पोजिटिभ देखिएको हो ।

अहिले देशभरि १ लाख ५ हजार २ सय ७ जनामा सक्रिय सङ्क्रमण छ भने क्वारेन्टिनमा ४ सय ९७ जना रहेका छन् ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ३१ हजार १९१ पुगेको छ भने निको हुनेको संख्या ३ लाख २१ हजार ५१८ जना पुगेको छ। त्यसै गरि मृत्यु हुनेको संख्या ४ हजार ४ सय ६६ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।


सम्बन्धित शीर्षकहरु

नेपाल आदिवासी जनजाति महासंघ, कुवेतको आयोजनामा ३२औँ विश्व आदिवासी दिवस तथा १२औँ वार्षिक उत्सव–२०२६ शुक्रबार, १४ अगस्ट २०२६ का दिन…

लेबनानका प्रधानमन्त्री नवाफ सलामले लेबनानी भूभागबाट इजरायली सेना पूर्ण रूपमा फिर्ता हुने स्पष्ट समयतालिका तय गर्नुपर्ने बताएका छन्। उनले इजरायलले…

इरान युद्धपछि चिनियाँ विद्युतीय गाडीको उछाल : नेपालमा ईभी बजारको भविष्य कता ? इरान युद्ध र होर्मुज जलडमरूमध्यमा आएको अवरोधपछि…

प्रतिकृयाहरू
...