Friday 26th December 2025

नेपालमा पछिल्लो २४ घण्टामा थप ८९६० नयाँ संक्रमित, थप २१४ जनाको मृत्यु


तीतोपाटी – विश्वव्यापी कोरोना महामारीको दोश्रो लहर फैलिए यता नेपालमा कोरोना संक्रमित हुने र ज्यान गुमाउनेको संख्या बढ्दो छ । नेपालमा पछिल्लो २४ घण्टा भित्रमा थप ८९६० जनामा कोरोना संक्रमण देखिएको छ भने २१४ जनाको ज्यान गएको छ ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १९ हजार ४७४ पीसीआर परीक्षणबाट ८ हजार ८४२ जनामा कोरोना पुष्टि भएको हो भने एन्टिजेन विधिबाट गरिएको ७७१ नमुना परीक्षणमा ११८ जनामा पोजिटिभ देखिएको हो ।

अहिले देशभरि १ लाख ५ हजार २ सय ७ जनामा सक्रिय सङ्क्रमण छ भने क्वारेन्टिनमा ४ सय ९७ जना रहेका छन् ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ३१ हजार १९१ पुगेको छ भने निको हुनेको संख्या ३ लाख २१ हजार ५१८ जना पुगेको छ। त्यसै गरि मृत्यु हुनेको संख्या ४ हजार ४ सय ६६ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।


सम्बन्धित शीर्षकहरु

ढाका — बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष Tarique Rahman ले बिहीबार डिसेम्बर २५ मा स्वदेश फर्किएपछि दिएको पहिलो…

इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहू कतारगेट प्रकरणका कारण आफ्नै देशले घेरिएका छन्। उनको सरकारका मानिसहरू उनीसँग रिसाएका छन्। अन्य नेताहरूले उनको…

बेइजिङ/शेन्जेन — चीनले अत्याधुनिक सेमिकन्डक्टर प्रविधिमा पश्चिमी देशहरूको दशकौँदेखिको वर्चस्व तोड्ने दिशामा ठूलो र गोप्य कदम चालेको खुलासा भएको छ।…

प्रतिकृयाहरू
...