Sunday 17th May 2026

कुवेत तथा युएइद्वारा नेपाल लगायत ४ मुलुकका नागरिक प्रवेशमा रोक


तीतोपाटी – मध्यपूर्वका दुइ देश कुवेत र युएइले नेपाल लगायत ४ मुलुकबाट हुने वाणिज्यिक उडानहरू बन्द गरि नेपाल लगायत पाकिस्तान, बंगलादेश र श्रीलंकाका नागरिकहरूलार् आफ्नो देशमा प्रवेशमा रोक लगाएका छन् । कुवेतले आजैबाट लागु हुने गरि कार्गो सेवा बाहेक सबै उडानहरू बन्द गरी यी ४ देशका नागरिकहरूलाइ कुवेत प्रवेशमा रोक लगाएको हो । उपरोक्त ४ देशका नागरिकहरूलाइ अर्को सूचना नभएसम्मका लागि हवाइमार्ग, जलमार्ग, स्थलमार्ग कतैबाट पनि प्रवेश गर्नमा कुवेत तथा युएइले रोक लगाएका छन् ।

अरब टाइम्समा प्रकाशित समाचार अनुसार कुवेत नागरिक उड्डयन महानिर्देशनालयले अर्को सूचना नभएसम्म कार्गो उडानहरू बाहेक नेपाल, पाकिस्तान, बंगलादेश, श्रीलंकासँग प्रत्यक्ष वाणिज्यिक उडानहरू स्थगित गर्ने घोषणा गर्दै कम्तिमा १४ दिनसम्म यी देश बाहिर बसोबास नगरी यी देशका नागरिकहरूलाई कुवेत प्रवेश गर्न निषेध गरिएको छ।

त्यसै गरि युएइले पर्सि बुधबारबाट युएई प्रवेशमा बन्देज लगाएको छ । नेपालसहित बंगलादेश, पाकिस्तान तथा श्रीलंकाबाट जानेहरुले बुधवार पश्चात केहि समयका लागि युएईमा प्रवेश पाउने छैनन् ।

यूएइ सरकारको ट्वीटरलाइ उधृत गर्दै युएइबाट प्रकाशित हुने खालिज टाइम्समा प्रकाशित समाचार अनुसार ति मुलुकका नागरिक तथा सो मुलुक भएर आउने विदेशीहरुलाई युएई प्रवेशमा तत्कालिन रुपमा बन्देज हुने जनाइएको छ । यसैगरी ति चारवटा मुलुकमा ट्रञ्जिट भएर आउनेहरुले पनि युएई प्रवेश पाउने छैनन् ।

समाचार अनुसार पछिल्लो १४ दिन यता नेपाल, पाकिस्तान, बंगलादेश वा श्रीलंकामा रहेकाहरु जो कोही पनि युएई प्रवेश गर्न पाउने छैनन् । यद्यपी युएईको सो निर्णयसँगै ति मुलुकबीचको उडान भनें नरोकिने तथा युएईबाट ति मुलुकमा यात्रु भनें जान सक्नेछन् ।

यात्रा बन्देज लागे पनि युएईका नागरिक, कुटनीतिक नियोगका कर्मचारीहरु, व्यवसायीहरु, गोल्डेन रेजिडेन्सी होल्डर्स लगायतले भनें युएई प्रवेशको अनुमति पाउने छन् । उनीहरुले पछिल्लो ४८ घण्टा भित्र गरिएको पिसिआरको रिपोर्ट नेगेटीभ रहेको, विमानस्थलमा पुन: पिसिआर परीक्षण गरिने, १० दिनको क्वारेण्टीन अनिवार्य, युएई प्रवेश पश्चात चौथो तथा आठौं दिन पुन: पिसिआर गर्नुपर्ने लगायतका शर्तहरु पुरा गर्नुपर्नेछ ।


सम्बन्धित शीर्षकहरु

सुशिल बस्याल "राष्ट्रप्रेमी" कास्की । लिडरसिप एकेडेमी नेपाल द्वारा आयोजित दुईदिने अभिमुखीकरण तथा क्षमता विकास कार्यक्रम पोखरामा सम्पन्न भएको छ…

नयाँ दिल्ली मा भएको BRICS विदेशमन्त्रीहरूको बैठकमा इरान र युएई बीच तनाव खुला रूपमा देखिएको छ। इरानका विदेशमन्त्री Seyyed Abbas Araghchi ले…

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

प्रतिकृयाहरू
...