Sunday 24th May 2026

कुवेतमा धनकुटा सेवा समाज कुवेत गठन, अध्यक्षमा भु्पेन्द्र राई


तीतोपाटी – नेपाली श्रमिकहरूको आकर्षक रोजगार गन्तब्य मानिएको कुवेतमा धनकुटा सेवा समाज कुवेत गठन भएको छ ।  धनकुटा जिल्ला घर भई कुवेतलाई कर्मथलो बनाएर बिभिन्न पेशा ब्यवसायमा आबद्ध युवा वर्गलको भेलाले धनकुटा सेवा समाज कुवेत गठन गरि भुपेन्द्र राईको अध्यक्षतामा २० सदस्यीय कार्य समिति पनि तय गरेको छ ।

धनकुटाको एकता र कुवेतमा कार्यरत घनकुटेहरूको दु:ख सुखको चौतारी होस र प्रवासमा रहेर पनि आफ्नो गाउँ ठाउँको सामाजिक कार्यमा सरिक हुन सामुहिक रुपमा सहज होस भनी कुवेतको माहबुला स्थित नमस्ते नेपाली रेस्टुरेन्टमा मिती 05/05/2021को दिन भेला गरि भु्पेन्द्र राईलाई सर्व सम्मत रूपमा अध्यक्ष चयन गर्दै धनकुटा सेवा समाज कुवेत गठन गरिएको हो ।

संस्थाले गृह जिल्लामा सामाजिक र मानविय सेवाका कार्यहरूमा प्रवासबाट सक्दो सहयोग गर्ने, कुवेतमा कार्यरत जिल्लावासीहरू समस्यामा परेमा राहत उद्दार  गर्ने र कुवेतमा कृयाशिल अन्य नेपाली संघ-संस्थाहरु सँग हातेमालो गर्दै अघि बढ्ने जनाएको छ ।

नवगठित धनकुटा सेवा समाज कुवेतको कार्यसमिति निम्न बमोजिम रहेको छः

संरक्षक – मोहन कुमार राई
बरिष्ठ सल्लाहकार-रबिन्द्र राई
बरिष्ठ सल्लाहकार-एच हि राई
बरिष्ठ सल्लाहकार-रुद्र मगर
बरिष्ठ सल्लाहकार-उमेश राई
बरिष्ठ सल्लाहकार-रामजी राउत
बरिष्ठ सल्लाहकार-प्रकाश श्रेष्ठ
बरिष्ठ सल्लाहकार-राज कुमार राई
कार्यकारी समिती
अध्यक्ष -भुपेन्द्र राई
उपाध्यक्ष -हरी माझि/लोक राणा मगर
महासचिब -शान्ती राई
सचिब -चीरन गुरुङ
सह-सचिब – किरण बराईलि
कोषाध्यक्ष -ईन्द्र न्यौपाने
सह-कोषाध्यक्ष – बिक्रम मगर
सदस्य -राजेन्द्र मगर
सदस्य – सुन माया राई
सदस्य – दुर्गा गुरुङ/श्रेष्ठ
सदस्य – सरोज राई
सदस्य – कमला राई


सम्बन्धित शीर्षकहरु

बिद्या भण्डारी पुनः सक्रिय राजनीतिमा फर्किने घोषणाले नेपाली राजनीतिमा केवल शक्ति समीकरणको बहस मात्र होइन, संवैधानिक नैतिकता र राष्ट्रपतिको संस्थागत…

Donald Trump ले अमेरिका–इरान तनाव अन्त्यतर्फ “अन्तिम चरणको समझदारी” नजिक पुगेको दाबी गरेपछि विश्व राजनीतिमा नयाँ बहस सुरु भएको छ।…

Narendra Modi ले सुनको अत्यधिक आयातले देशबाट ठूलो मात्रामा विदेशी मुद्रा बाहिरिने भन्दै नागरिकलाई अनावश्यक रूपमा सुन नकिन्न आग्रह गरेका…

प्रतिकृयाहरू
...