Sunday 28th December 2025

रचनाः आफैलाई सोध – इन्द्र बोन्तावा ‘देवा’


यदि सक्छौ भने आफैलाई सोध
मानवताको कर्तव्य के हो भनेर
यदि सक्छौ भने उसलाई सोध
जसले संसारलाइ मानवोचित योगदान दिइसकेको छ ।

यदि सक्छौ भने आफैलाई हेर
आफ्नो प्रतिविम्व कस्तो छ भनेर
यदि सक्छौ भने उसलाई सोध
उसले मानव हुनुको अर्थ बुझिसकेको छ ।

यदि सक्छौ भने अगाडि बढेर हेर
आफ्नो लक्ष्यविन्दु कति टाढा छ भनेर
यदि सक्छौ भने उसलाई सोध
जसले चन्द्रमामा पुगेर संसारलाइ देखाइसकेको छ

यदि सक्छौ भने सात्विक ज्ञान आर्जन गरेर हेर
यो जगत के का लागि उत्पति भयो भनेर
यदि सक्छौ भने उसलाई सोध
जसले युगानुकुलको सफल जिन्दगी बिताइरहेको छ ।


सम्बन्धित शीर्षकहरु

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बीचको राजनीतिक समिकरण निर्णायक चरणमा पुगेको छ। रास्वपा सभापति रवि लामिछाने…

“सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले साल्मियाको ब्लक–१० गार्डेन…

ढाका — बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष Tarique Rahman ले बिहीबार डिसेम्बर २५ मा स्वदेश फर्किएपछि दिएको पहिलो…

प्रतिकृयाहरू
...