Sunday 16th August 2026

टहल आचार्यको गजल संग्रह – ११


द्यौरालीमा फूल चढाई कसम नै खाएको त्यो ।
किन सानू छैन भन्छ्यौ मायाप्रिती लाएको त्यो ।

दाऊरा घाँस मेलापात चाडपर्व र जात्रामात्रा ,
सँगै बसी द्यौसीभैलो रोदी बालन गाएको त्यो ।

बिपनीमा निष्ठुरी भै जति टाढा गए पनि ,
हर रात सपनी भै आँखाभरी आएको त्यो ।

निधारका अदृश्य ती भाग्य रेखा पुछिएर ,
नपुग्ने भो जिन्दगीमा मैले सबै चाहेको त्यो ।

भाकल भेटी पूजा गरि मेरो खातिरमा तिमीले ,
आउँदा याद झझल्को भै मठ मन्दिर धाएको त्यो ।

टहल आचार्य
कालिञ्चोक ८ सुनखानी दोलखा


सम्बन्धित शीर्षकहरु

कुवेतमा २४ वर्षीय युवक गम्भीर अवस्थामा अस्पतालको सघन उपचार कक्ष (ICU) मा भर्ना भएका छन्। उनलाई खुट्टा र छातीमा पहिलो…

भारतले आज देशभर विविध कार्यक्रमका साथ आफ्नो ८०औँ स्वतन्त्रता दिवस मनाएको छ। सन् १९४७ अगस्ट १५ मा बेलायती उपनिवेशबाट स्वतन्त्र…

यस वर्षको मनसुन सुरु भएयता नेपालमा बाढी, पहिरो, चट्याङ, भारी वर्षा तथा हिमपहिरोका घटनाबाट ८५ जनाको मृत्यु भएको छ। नेपाल…

प्रतिकृयाहरू
...