Tuesday 24th June 2025

एनआरएन फाउण्डेसनमा मनिषा कोइराला


चर्चित नायिका मनिषा कोइराला गैरआवासीय नेपाली संघ मार्फत सामाजिक सेवामा सकृय हुने भएकी छन्। विदेशमा रहेका नेपालीहरु मार्फत हुने परोपकारी परियोजना सञ्चालन गर्ने उद्देश्यले गैरआवासीय नेपाली संघले एनआरएनए फाउण्डेसनको स्थापना गरिएको संघका महासचिव डा. हेम राज शर्माले जानकारी दिए।

गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछानेको नेतृत्वमा गठन भएको फाउण्डेसनले नेपालमा प्राकृतिक प्रकोप, शिक्षा, स्वास्थ्य, चिकित्सा क्षेत्रमा सहयोग, मठमन्दिर, प्राचिन स्मारकहरुको मर्मत तथा जिर्णोद्धार, कला तथा संगीत क्षेत्रमा सहयोग, वैज्ञानिकहरु तथा श्रमिकहरुको क्षमता वृद्धि, अन्तर्राष्ट्रिय खेलकुद विकासमा सहयोग, गैरआवासीय नेपालीहरुको उत्थान, विपत व्यवस्थापनका क्षेत्रमा सहयोग गर्ने उद्देश्य रहेको संघले जनाएको छ।

फाउन्डेसनको सदस्यमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त, संयुक्त राष्ट्र संघका पूर्व उपमहासचिव कुलचन्द्र गौतम, नेपाल सरकारका पूर्व मुख्य सचिव लीलामणी पौडेल, संघका संरक्षक रामप्रताप थापा, संघका सल्लाहकार एसी शेर्पा, म्यानमारका लागि नेपाली राजदूत भीम उदास, कलाकार मनीषा कोइराला, एकनाथ खतिवडा र पुरु श्रेष्ठ रहेका छन्।

-नागरिकन्युजबाट


सम्बन्धित शीर्षकहरु

लुलु कुवेतले कश्मीरका उपत्यकाहरूबाट प्रिमियम चेरीहरू ल्याएर व्यावसायिक रूपमा सेवा दिन शुरू गरेको छ । अल राईको लुलु हाइपरमार्केटमा आयोजित…

इरानको राज्य सञ्चारमाध्यमले आइतबार घोषणा गर्‍यो कि इरानी संसदले इरान भित्रका धेरै आणविक स्थलहरूमा अमेरिकी सैन्य हमलाको प्रतिक्रियामा विश्वको सबैभन्दा…

अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । इरानका फोर्दो, नतान्ज र एस्फाहान परमाणु केन्द्रमा अमेरिकी सेनाले आक्रमण गरेको राष्ट्रपति…

प्रतिकृयाहरू
...