Monday 26th October 2026

लुलु हाइपर कुवेतका कर्मचारीहरुले लगाए कोरोना विरुद्धको खोप


तितोपाटी- कुवेतको स्वास्थ्य मन्त्रालयद्वारा निशुल्क जारी कोरोना खोप कार्यक्रम अनुरूप कुवेतस्थित लुलु हाइपर मार्केटमा कार्यरत कर्मचारीहरुले कोरोना विरुद्धको खोप लगाएका छन।

कुवेतको स्वास्थ्य मन्त्रालयले मोबाइल क्लिनिक सुविधाहरू मार्फत खोप सञ्चालन गर्दै आएको छ। जसको स्थान अल-राईको लुलु हाइपरमार्केटमा तोकिएको छ।

लुलु हापरमार्केट व्यवस्थापनद्वारा कुवेतका स्वास्थ्य मन्त्री “शेख डा. बासेल अल सबाह” र स्वास्थ्य मन्त्रालयका कर्मचारीहरु जसले खोप प्रक्रियालाई तीव्र पार्नका लागी खटिएका थिए विशेषगरी उनीहरूलाई लुलु परिवारले हार्दिक धन्यवाद व्यक्त गरेको छ।

लुलु हाइपरले ग्राहकहरूको सुरक्षा सुनिश्चित गर्न साथै किनमेल गर्ने वातावरणलाई अझ सुरक्षित,बनाउने साथै स्वस्थ र स्वच्छताको सुनिश्चित गर्न प्रतिबद्ध गरेको छ।भने किनमेल गर्न आएका ग्राहकलाई कुनै पनी कुरामा अफ्ठ्यारो महसूस हुन नदिने बताउदै पूर्णरूपमा सुरक्षित सेवा प्रदान गर्ने जनाएको छ।


सम्बन्धित शीर्षकहरु

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार सन् २०२६ मा बंगलादेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (प्रति व्यक्ति जीडीपी) भारतभन्दा माथि पुग्ने…

अमेरिका र इरानबीचको तनाव जारी रहे पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्काल इरानमाथि सैन्य आक्रमण नहुने बताएका छन्। ट्रम्पले “आज…

ब्राजिलमा राष्ट्रपति पदका लागि भएको दोस्रो चरणको निर्वाचनमा वामपन्थी वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र दक्षिणपन्थी उम्मेदवार फ्लाभियो…

प्रतिकृयाहरू
...