Sunday 28th December 2025

स्वतन्त्र रचना -इन्द्र बोन्तावा ‘देवा’


बन्धनलाइ शत्रु ठान्छु, स्वतन्त्रता खोज्न थालें ।
अन्धकारलाई शत्रु ठान्छु उज्यालो खोज्न थाले ।।

स्वतन्त्रतालाई कसैले यहाँ बन्दी बनाइ दिएछ ।
उषाको किरण क्षितिजपारी कतै छेकि दिइएछ ।।

दयाकृपा चाहिदैन मलाई अधिकार खोज्न थाले ।
भिक्षादान चाहिँदैन मलाई कर्मभूमि खोज्न थाले ।।

अधिकार खोजेर पाइदैन त्यसै, यहाँ संघर्ष गर्नु छ ।
बिज्ञानसँग ज्ञानलाइ जोडी जीवन सार्थक पार्नु छ ।।

अज्ञानतालाई दुश्मन ठान्छु, ज्ञान खोज्न थालें ।
लक्षको शिखर पहिल्याउन हिमाल खोज्न थालें ।।


सम्बन्धित शीर्षकहरु

धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको पार्टीको पहलमा अघि बढाइएको श्रम संस्कृति महा अभियान को प्रवासी सभा कुवेतले आगामी जनवरी…

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बीचको राजनीतिक समिकरण निर्णायक चरणमा पुगेको छ। रास्वपा सभापति रवि लामिछाने…

“सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले साल्मियाको ब्लक–१० गार्डेन…

प्रतिकृयाहरू
...