Thursday 27th August 2026

बादलले बने बागमती प्रदेश इन्चार्ज, पुर्वमाओबादी केन्द्रका को को परे केन्द्रीय सदस्यमा


नेकपा एमाले केपी ओली पक्षको केन्द्रीय कमिटी बैठकले आज ४२ जना केन्द्रीय सदस्य थप गरेको छ । यस्तै रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा माओवादी केन्द्रबाट एमालेमा आएका २३ जनालाई पनि एमाले केन्द्रीय समितिमा मनोनयन गरिएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई बागमती प्रदेशको इन्चार्ज बनाइएको छ । पूर्वमाओवादी सदस्य रहेका उनी नेकपा विघटनका बाबजुद एमालेमै रहने निर्णयमा पुगेका थिए ।

एमालेले प्रदेश १ मा सुवास नेम्वाङ र प्रदेश २ मा सत्यनारायण मण्डललाई प्रदेश इन्चार्ज तोकेको छ । यस्तै, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा मणि थापा र सुदूरपश्चिममा लेखराज भट्टलाई इन्चार्ज तोकिएको छ ।यस्तै, एमाले प्रचारविभाग प्रमुख तथा प्रवक्ताको जिम्मेवारी प्रदीप ज्ञवालीलाई दिइएको छ भने संगठन विभागको प्रमुखमा विष्णु पौडेल, विदेश विभागको प्रमुखमा डा. राजन भट्टराईलाई जिम्मेवारी दिइएको छ ।

पुर्व माओबादी केन्द्रका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा, प्रभु साह, टंक आङबुहाङ, पासाङ शेर्पा, ज्वाला साह, टेकबहादुर बलामी, कमल जंग, मनोज थापा, विषमलाल अधिकारी, लीलाबहादुर थापा, दधिराम न्यौपाने, दिनेश पन्थी, नवीन रोका, धर्मराज रेग्मी, डम्बर विष्ट, गौरीशंकर थारू, झपट बोहरा, दावा लामा र चन्द्रबहादुर खड्का लगायतका नेताहरु पुनर्स्थापित नेकपा एमालेको केन्द्रिय सदस्य बनेका छन  ।

समाचार स्रोत-रातोपाटी

 


सम्बन्धित शीर्षकहरु

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

प्रतिकृयाहरू
...