Monday 26th October 2026

सपना ‘सत्यवादी’ को गजल संग्रह – १


गजल
यो काम उसैको हो नाम उसैको हो ।
हजुरले ल्याइदिएको खाम उसैको हो ।।

एउटा खबर लिएर जानोस् भन्दिनुहोस
मुटुमा राखेको खाली ठाम उसैको हो ।।

मर्न बाहेक अरु केही देख्दैन यो आँखाले
मलाई यहाँसम्म पुर्याउने काम उसैको हो ।।

पागल बनाएर मलाई बिचित्रको शहरमा
यताउता दौडाउने यो लगाम उसैको हो ।।

मेरो आमा मृत्यु संग खेलिरहेको बेलामा
अचानक गरेको चक्काजाम उसैको हो ।।

-सपना सत्यवादी
काठमाडौं मुलपानी


सम्बन्धित शीर्षकहरु

अझै क्षितिजमा घाम छ, अँध्यारो छर्न नदेऊ, अधुरै छन् मेरा सपना, साँझ अहिले नपारिदेऊ। म आफैँ खसुँला कुनै दिन, समयलाई…

ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा पुनः राष्ट्रपतिमा निर्वाचित भएका छन्। आइतबार सम्पन्न दोस्रो चरणको मतदानमा उनले पूर्वराष्ट्रपति…

इरानी सेनाले दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा अमेरिकी ‘लुकास’ (LUCAS) ड्रोन खसालेको दाबी गरेको छ। इरानी सरकारी समाचार एजेन्सीहरू…

प्रतिकृयाहरू
...