Monday 4th May 2026

सपना ‘सत्यवादी’ को गजल संग्रह – १


गजल
यो काम उसैको हो नाम उसैको हो ।
हजुरले ल्याइदिएको खाम उसैको हो ।।

एउटा खबर लिएर जानोस् भन्दिनुहोस
मुटुमा राखेको खाली ठाम उसैको हो ।।

मर्न बाहेक अरु केही देख्दैन यो आँखाले
मलाई यहाँसम्म पुर्याउने काम उसैको हो ।।

पागल बनाएर मलाई बिचित्रको शहरमा
यताउता दौडाउने यो लगाम उसैको हो ।।

मेरो आमा मृत्यु संग खेलिरहेको बेलामा
अचानक गरेको चक्काजाम उसैको हो ।।

-सपना सत्यवादी
काठमाडौं मुलपानी


सम्बन्धित शीर्षकहरु

सरकारले अघि बढाएको ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ राष्ट्रपतिबाट जारी भएसँगै निजामती सेवाभित्र रहेको ट्रेड युनियन व्यवस्थाको औपचारिक…

नेपाली दूतावास कुवेतले हिँजो २ मे २०२६ शनिबारका दिन दूतावासको सभा हलमा "श्रम तथा वित्तीय सचेतना" विषयक छलफल  कार्यक्रम सम्पन्न…

तस्बिरमा रहेको विज्ञप्तिअनुसार राष्ट्रपति कार्यालयले मन्त्रिपरिषद्ले स्वीकृत गरी प्रमाणीकरणका लागि पठाएको “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन)…

प्रतिकृयाहरू
...