Monday 26th October 2026

कमला भण्डारी ढकालको गजल संग्रह – १


गजल

दिएर नजरको नजराना तिमीले ।
लुट्यौ दिलको खजाना तिमीले ।।

बार बार भुलायौ रुमानी साँझमा
दियौ खुसीको अश्रुदाना तिमीले ।

रम्नलाइ जुनतारा नै खसाल्नु पर्दैन
बुझ्नु मनका कुरा स-साना तिमीले ।

सबेरै उड्ने चरी फर्किनु है गोधुलिमा
नभुल्नु पर्खाइमा छ ठेगाना तिमीले ।

इशाराले पिलाउँछौ मातको प्याला
पलपल बनेर प्रेम दिवाना तिमीले ।

कमला भण्डारी ढकाल
गुल्मी , सत्यवती गा . पा ६


सम्बन्धित शीर्षकहरु

अझै क्षितिजमा घाम छ, अँध्यारो छर्न नदेऊ, अधुरै छन् मेरा सपना, साँझ अहिले नपारिदेऊ। म आफैँ खसुँला कुनै दिन, समयलाई…

ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा पुनः राष्ट्रपतिमा निर्वाचित भएका छन्। आइतबार सम्पन्न दोस्रो चरणको मतदानमा उनले पूर्वराष्ट्रपति…

इरानी सेनाले दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा अमेरिकी ‘लुकास’ (LUCAS) ड्रोन खसालेको दाबी गरेको छ। इरानी सरकारी समाचार एजेन्सीहरू…

प्रतिकृयाहरू
...