Monday 26th October 2026

प्रतिमा शिवाकोटीको गजल संग्रह, भाग – ११


गजल
धारिलो त्यो हतियारले,बाँझो जमिन फोड्नुपर्छ।
ज्ञान बिज्ञान विद्या विवेक,विकास तिर मोड्नु पर्छ।

ब्यक्ति समाज सिङ्गो देश,अझै राम्रो बनाउन ,
कुरित र कुसंस्कार लाई,आजै बाट छोड्नुपर्छ।

उधोग धन्दा कल कारखाना ,प्रविधि नि नभै हुन्न,
कर्णालीको माटो पनि,सडकले जोड्नु पर्छ।

शोषण दमन भ्रष्टाचार,अन्याय र अत्याचारलाई,
सत्कर्म र क्रषि मनले,एक एक गरि गोड्नु पर्छ।

सफलताको शिखर चुम्ने,प्रतिभाको सम्मान गर्दै,
नाम दाम इनाम सहित,दोसल्ला नि ओढ्नु पर्छ।

-प्रतिमा शिवाकोटी
कालिन्चोक गा.पा ८ सुनखानी दोलखा ।


सम्बन्धित शीर्षकहरु

अझै क्षितिजमा घाम छ, अँध्यारो छर्न नदेऊ, अधुरै छन् मेरा सपना, साँझ अहिले नपारिदेऊ। म आफैँ खसुँला कुनै दिन, समयलाई…

ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा पुनः राष्ट्रपतिमा निर्वाचित भएका छन्। आइतबार सम्पन्न दोस्रो चरणको मतदानमा उनले पूर्वराष्ट्रपति…

इरानी सेनाले दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा अमेरिकी ‘लुकास’ (LUCAS) ड्रोन खसालेको दाबी गरेको छ। इरानी सरकारी समाचार एजेन्सीहरू…

प्रतिकृयाहरू
...