Monday 26th October 2026

सागर ‘आँसु’ को गजल संग्रह – १


गजल

लुट्ने लुटाउने को शासन कहिले सम्म ।
छिमेकी कै नुन तेल र राशन कहिले सम्म ।

देशले समृद्धि माग्दै छ सुशासन माग्दै छ,
नेता ज्यु!अझै यो झुटो आश्वासन कहिले सम्म ।

बलात्कारी हत्या हिंसा दिनहुँ मौलाउदै छ,
देशमा यो कुरिती अन्धोपन कहिले सम्म ।

लुटेर अस्मिता देशको लुटाएर सम्पदा,
गर्छौं छिमेकीको भरौटेपन कहिले सम्म ।

सुनिश्चित छ तिम्रो पतन सराप्छ सहिदको”आँसु”ले
स्वाभिमान बेचेर लिन्छौ सिंहासन कहिले सम्म ।

२०७७/११/२३
@सागर आँसु (डोटी)
हालः प्रवास


सम्बन्धित शीर्षकहरु

अझै क्षितिजमा घाम छ, अँध्यारो छर्न नदेऊ, अधुरै छन् मेरा सपना, साँझ अहिले नपारिदेऊ। म आफैँ खसुँला कुनै दिन, समयलाई…

ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा पुनः राष्ट्रपतिमा निर्वाचित भएका छन्। आइतबार सम्पन्न दोस्रो चरणको मतदानमा उनले पूर्वराष्ट्रपति…

इरानी सेनाले दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा अमेरिकी ‘लुकास’ (LUCAS) ड्रोन खसालेको दाबी गरेको छ। इरानी सरकारी समाचार एजेन्सीहरू…

प्रतिकृयाहरू
...