Monday 31st August 2026

कमला भण्डारी ढकालका ५ मुक्तकहरू


१)
यी भ्रष्टचारीको शैयाको नाप कति धेरै होला ।
मनामा तड्पन टाउकोमा राप कति धेरै होला ।
स्वार्थको कुर्सीमा देशको नक्सा खोल बनाए,
जनताको श्राप र आफ्नो पाप कति धेरै होला ।

२)
बा-आमाको आशीर्वाद आफ्नाको माया भएपछि ।
वरपिपलको चौतारीमा ओत लाग्ने छाया भएपछि ।
हजारौं चोट खाएरै सहि मिल्छ हिम्मत लक्ष्य पुग्ने,
जीवनको यात्रामा इश्वर दायाँ,तिमी बायाँ भएपछि ।

३)
निस्वार्थ थ्यो प्रेम हुन्थेन मन भिन्न खुट्टा तानेर ।
थाहै थिएन मन भैदिन्छ र खिन्न खुट्टा तानेर ।
मनमौजी गर्थ्यौ बचपन एकअर्कामा मर्थ्यौ,
अहिले भने खोज्छ साथी उछिन्न खुट्टा तानेर।

४)
प्रेमको रङ्गमा भिजेर साधा बन्नुछ मलाई ।
र तिम्रो जिन्दगीको आधा बन्नुछ मलाई ।
आखामा सजाउ,मुटुमा लुकाउ तिम्रो मर्जी
न रुक्मेणी न मिरा बस् राधा बन्नुछ मलाई ।

५)
प्रेम देखाएर मालिले बेप्रवाह बेचिरह्यो ।
र जिन्दगीमा अर्कैको मनमौजीले रेटिरह्यो ।
सियो रोप्यो मुटुमा बन्धक बन्यो मालामा,
यसरी फूलले “फूल” हुनुको पीडा खेपिरह्यो ।

 

-कमला भण्डारी ढकाल
हाल :- इजरायल


सम्बन्धित शीर्षकहरु

रसुवाको भोटेकोशी नदीमा गत गत बुधबार १० भदाै २०८३ को बिहान आएको भीषण आकस्मिक बाढीपछि बेपत्ता हुने र ज्यान गुमाउनेको…

नेपाल–तिब्बत सीमाक्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोपछि सोमबारसम्म ४,७९३ जना बेपत्ता तथा ९१९ जनाको मृत्यु पुष्टि भएको छ। नेपालतर्फ ४,२४७…

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवामा गएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा अत्यावश्यक बाहेक हेलिकोप्टर उद्धारको माग नगर्न तथा…

प्रतिकृयाहरू
...