Monday 7th September 2026

कोरोना नियन्त्रणका लागि मार्च ७ तारिकबाट कुवेतमा पुन: १२ घण्टे कर्फ्यू


तीतोपाटी – कोरोना भाईरसको बढ्दो संक्रमणलाई नियन्त्रण गर्नको लागि कुवेत सरकारले पुन: १२ घन्टे कर्फ्यू लगाउने भएको छ। प्राप्त जानकारी अनुसार आगामी मार्च-७, २०२१ आईतवारका दिनबाट लागू हुने गरी बेलुकी ५:०० बजेबाट बिहान ५:०० बजे सम्म अर्को सुचान जारी नभए सम्मका लागि कर्फ्यू लगाइने छ।

कुवेतबाट प्रकाशित हुने अरब टाइम्सका अनुसार कुवेतमा कोरोना संक्रमण बढ्दो क्रममा रहेकाले यसको नियन्त्रणका लागि सरकारले अंशिक कर्फ्यू लगाउने भएको हो । आंशिक कर्फ्यू कहिले सम्म भनेर नखुलाइए पनि अप्रिल दोश्रो साताबाट शुरु हुने मुस्लिम धर्मवलम्बीहरुको पवित्र पर्व रमादान पहिले नै स्थिती सामान्य भएमा कर्फ्यू हटाइने छ।

यसै बिच कोरोना शुरु भए देखिकै सबै भन्दा बढी संख्यामा २५००९ जनामा फेब्रुअरी महिना भरिमा नयाँ संक्रमण पुष्टी भएको कुरा एक अर्को समाचारमा जनाइएको छ।

कोरोना नियन्त्रणकै लागि कुवेतले नेपाल लगाएत ३५ वटा मुलुकहरुबाट सिधा उडानमा लामो समय देखि बन्देज लगाएको थियो। यसै क्रममा गत फेब्रुअरी ७ तारिक देखी अरु थप ३३ देशबाट सिधा आगमनमा रोक लगाएको थियो ।


सम्बन्धित शीर्षकहरु

भोटेकोसी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीको १३ औँ दिनमा नेपालले सोमबार राष्ट्रिय शोक मनाएको छ। बाढीमा ज्यान गुमाएकाहरूको…

भोटेकोसी नदीमा आएको विनाशकारी हिमबाढीमा परी मृत्यु हुनेको संख्या १,३५५ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार…

दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेहरूमा दुई बालबालिका र दुई स्वास्थ्यकर्मी पनि…

प्रतिकृयाहरू
...