Saturday 11th July 2026

रघुजी पन्तको स्पष्टीकरण : कोमल वलीलाई चोट पुगेकामा दुःख व्यक्त गर्छु


गायिका तथा राष्ट्रियसभा सदस्य कोमल वलीबारे गरेको टिप्पणीलाई लिएर नेकपा प्रचण्ड–माधव समूहका नेता रघुजी पन्त विवादमा परेका छन् । शनिबार एक कार्यक्रममा वलीबारे ‘लैंगिक हिंसाजन्य’ टिप्पणी गरेको भन्दै पन्तको आलोचना भएको हो । पन्तले भने आफ्नो आशय वलीलाई चोट पुर्‍याउने नभएको स्पष्टीकरण दिएका छन् । उनले  भने, ‘मेरो अभिव्यक्ति उहाँप्रति लक्षित थिएन । तर त्यसले उहाँलाई चोट पुगेकोमा म दुःख व्यक्त गर्छु ।’

के भनेका थिए पन्तले ?

कार्यक्रममा सहभागीहरुका अनुसार पूर्वमन्त्रीसमेत रहेका पन्तले पार्टीमा देखिएको प्रवृत्तिबारे टिप्पणी गरेका थिए । त्यसक्रममा उनले भनेको ३० सेकेण्डको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भाइरल भिडियोमा भनिएको छ,

‘‍‍…महिलाहरु केपीतिर पनि छन्, २० औं वर्ष बिहे नगरेर बसेका छन् । तिनले टिकट पनि पाएनन्, राष्ट्रियसभा पनि पाएनन् । कोमल वलीले यसो सारी सरक्क सर्काएर पोइल जान पाम भनेपछि सांसद त तिनै भइन् । कपाल फुलेर चाउरी परेका बुढी कमरेडहरु न राष्ट्रियसभाको सदस्य हुन पाएका छन्, न केन्द्रीय कमिटीको सदस्य हुन पाएका छन् । तिनी राष्ट्रियसभा सदस्य भइन्, केन्द्रीय कमिटी सदस्य पनि भइन् ।’

कोमल वलीको आपत्ति

भिडियो सार्वजनिक भएपछि राष्ट्रियसभा सदस्य ओलीले पन्तको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छन् । पन्तको अभिव्यक्तिले आमा दिदी बहिनीको अपमान गरेको भन्दै उनले भनेकी छन्, ‘विवेकहीन मानिसको आलोचना ले आफैंलाई आलोचित गर्दछ यस्ता व्यक्तिले नेतृत्व गरेका राजनीतिक पार्टी र समाजको दुर्घटना कति टाढा होला ?’

-अनलाइन खबरबाट


सम्बन्धित शीर्षकहरु

इरानले अमेरिकी अधिकारीहरूलाई हालैका केही समुद्री घटनाबारे स्पष्टीकरण दिँदै ती आक्रमणहरू जानाजानी नभई हतियार प्रणालीको एउटा “त्रुटिपूर्ण (errant) भाग” का…

अमेरिकाले इरानलाई परमाणु गतिविधि अघि बढाउनबाट रोक्न आवश्यक परे सैन्य विकल्प अझै खुला रहेको जनाएको छ। वासिङ्टनले तेहरानमाथि दबाब बढाउँदै…

गण्डकी प्रदेशसभाले औषधीजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई वैधानिकता दिने उद्देश्यसहित तयार गरिएको गाँजा खेती नियमन तथा व्यवस्थापन विधेयक…

प्रतिकृयाहरू
...