Thursday 27th August 2026

बगनासकाली युवा समुहको अध्यक्षतामा बस्याल


तीतोपाटी – पाल्पा जिल्ला बगनासकाली गाउपालिकामा बगनासकाली युवा समुहको गठन भएको छ भने उक्त युवा समुहको अध्यक्षमा सुशिल बस्याल चयन भएका छन् ।

युवा सुमुह गठन सँगै समुहले निबन्ध प्रतियोगिता सम्पन्न गरेको छ भने बगनासकाली गाउपालिकामा लागु पदार्थ तथा जुवातासको अबस्था , समस्या र समाधानका उपायहरु भन्ने शिर्षकमा निबन्ध प्रतियोगिता गराईएको हो ।कार्यक्रमको उद्देश्य लागुपदार्थ तथा जुवातासलाई ब्यबस्थान गर्नको लागि रहेको थियो ।

समुहका अध्यक्ष सुशिल बस्यालको सभाध्यक्षता तथा तथा समुहका सल्लाहकार केशब रायमाझीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त निबन्ध प्रतियोगिताको संयोजन युवराज बस्याल (हाल कुबेत )ले गरेका थिए भने कार्यक्रमको संचालन बसन्त बस्यालले गरेका थिए । कार्यक्रमलाइ रूपमा सफल बनाउन अमेरिकामा बस्दै आएका बिष्णु प्रसाद बस्याल,भिम बस्याल तथा राम प्रसाद बस्यालले आर्थिक सहयोग गरेका थिए ।

कार्यक्रममा संवोधन गर्दै प्रमुख अतिथि केशव रायमाझीले अब युवाहरु संग हातेमालो गर्दैँ अगाडि बढ्ने प्रतिबद्दता ब्यक्त गरेका थिए । त्यसै गरि बगनासकाली शिक्षा शाखा अधिकृत गुनाराम खनालले आयोजक टिमलाई धन्यवाद दिदैँ युवा साथीहरुलाई शुभकामना दिएका थिए ।

कार्यक्रमको अन्त्यमा बोल्दै अध्यक्ष सुशिल बस्यालले गाउपालिकामा लागु पदार्थ र जुवातास नियन्त्रण गर्न युवाहरु सक्रिय हुनुपर्ने र गाउपालिकालाई गम्भिर रुपमा ध्यान पुर्याउन आग्रह गरेका थिए । कारण बिना कार्य हुदैँन भन्दैँ बस्यालले यस विषयमा बिशेष जोड दिन सबैलाई अनुरोध गरेका थिए।

सुशिल बस्यालको अध्यक्षतामा गठित उक्त युवा समुहको उपाध्यक्षमा इन्दु गाहा र सन्दिप न्यौपाने महासचिव सुदिका कडेल सचिव सुपृया बस्याल र दिपेश शारु कोशाध्यक्षमा बसन्त बस्याल सदस्यमा सन्ध्या थापा, दक्षिणा बश्याल, भावना अर्याल , मनिषा भटराई , मुना गैरे , प्रतिक्षा गैरे, रेखा अर्याल सर्वसम्मत रूपमा समितिमा चयन भएका छन ।

यस समुहका संरक्षक युवराज बस्याल र प्रमुख सल्लाहकारमा केशव रायमाझी रहेका छन ।


सम्बन्धित शीर्षकहरु

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

प्रतिकृयाहरू
...