Thursday 28th May 2026

सोमनाथ लुइटेल ‘रवि’ को गजल संग्रह – १


गजल

करेला पनि मीठो हुन्छ खान जाने पछि ।
औषधि हुन्छ मिलाएर खान माने पछि ।

ऐरेलु तितो हुन्छ अस्तित्व छैन बनमा
आफैलाई बचाउँछु मनले ठाने पछि ।

स्वास्थ्य हुनु बेलैमा पछुतो फेरि नहोस
दु:ख हुन्छ आफैलाई रोगले हाने पछि ।

खानपिन बार्नु पर्छ सकेसम्म आफैले
बाचिन्छ मीठो छोडी तितोलाई छाने पछि ।

जान्न पर्छ खान पनि आफै बाच्ने हो भने
होश गर्नु निको हुन्न रोग नै गाने पछि ।

सोमनाथ लुइटेल ‘रवि’
पाल्पाली
हाल:- युगाण्डा


सम्बन्धित शीर्षकहरु

लुलु कनेक्टले कुवेतभरिका प्रविधि पारखीहरू र ग्राहकहरूका लागि नयाँ र नविनतम किनमेल अनुभव प्रदान गर्ने उद्देश्यका साथ मे २४ मा…

अमेरिका र ईरान  बीच शान्ति वार्ता अघि बढ्न सक्ने संकेत सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय तेल बजारमा आएको करिब ५ प्रतिशतको गिरावट…

बालेन शाह ले गणतन्त्र दिवसमा सम्बोधन नगर्ने निर्णय केवल एउटा “कार्यक्रम व्यवस्थापन” को विषय मात्र होइन, यो अहिलेको सत्ता–शैली, राजनीतिक…

प्रतिकृयाहरू
...