Monday 26th October 2026

सोमनाथ लुइटेल ‘रवि’ को गजल संग्रह – १


गजल

करेला पनि मीठो हुन्छ खान जाने पछि ।
औषधि हुन्छ मिलाएर खान माने पछि ।

ऐरेलु तितो हुन्छ अस्तित्व छैन बनमा
आफैलाई बचाउँछु मनले ठाने पछि ।

स्वास्थ्य हुनु बेलैमा पछुतो फेरि नहोस
दु:ख हुन्छ आफैलाई रोगले हाने पछि ।

खानपिन बार्नु पर्छ सकेसम्म आफैले
बाचिन्छ मीठो छोडी तितोलाई छाने पछि ।

जान्न पर्छ खान पनि आफै बाच्ने हो भने
होश गर्नु निको हुन्न रोग नै गाने पछि ।

सोमनाथ लुइटेल ‘रवि’
पाल्पाली
हाल:- युगाण्डा


सम्बन्धित शीर्षकहरु

अझै क्षितिजमा घाम छ, अँध्यारो छर्न नदेऊ, अधुरै छन् मेरा सपना, साँझ अहिले नपारिदेऊ। म आफैँ खसुँला कुनै दिन, समयलाई…

ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा पुनः राष्ट्रपतिमा निर्वाचित भएका छन्। आइतबार सम्पन्न दोस्रो चरणको मतदानमा उनले पूर्वराष्ट्रपति…

इरानी सेनाले दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा अमेरिकी ‘लुकास’ (LUCAS) ड्रोन खसालेको दाबी गरेको छ। इरानी सरकारी समाचार एजेन्सीहरू…

प्रतिकृयाहरू
...