Friday 30th October 2026

माटोको ढिस्कोले पुरिएर तीन युवतीको मृत्यु, दुई घाइतेको उद्धार


माटोको ढिस्कोले पुरिएर कैलालीमा तीन जना युवतीको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।कैलालीको जानकी गाउँपालिका–९ पूर्वी खैरीफाँटामा माटोको ढिस्कोले पुरिएर तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ ।

घर लिपपोत गर्ने माटो लिन गएका १७ वर्षीया धनसरी विक, २० वर्षीया भावना ओड र ३१ वर्षीया गंगा जैगडीको ढिस्कोले परेर मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए । ढिस्कोमा पुरिँदा स्थानीय काजल विक र अञ्जु जैगढी घाइते भएका छन् । उनीहरुको टीकापुर अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरु घर लिपपोतका लागि माटो लिन गाउँ नजिकैको जंगलमा गएका थिए । माटो खन्ने क्रममा खसेको ढिस्कोले पाँचै जना पुरिएको डिएसपी न्यौपानेले बताएका छन् । उनीहरुमध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । माटोको ढिस्कोले पुरिएको खबर पाएपछि स्थानीयवासी र प्रहरीले उद्धार गरेको हो ।

-नयाँपेजबाट


सम्बन्धित शीर्षकहरु

सल्यान जिल्लामा शुक्रबार साँझ भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। शारदा नगरपालिका–१…

भुटानको उत्तरी हिमाली क्षेत्रमा रहेको शिन्टाफु (Shintaphu) हिमताल फुटेपछि आएको आकस्मिक बाढीले गासा छाचु (Gasa Tshachu) नामक प्रसिद्ध प्राकृतिक तातोपानी…

मध्यपूर्वमा जारी तनावबीच हर्मुज जलडमरूमध्य वरपरका समुद्री क्षेत्रमा शुक्रबार नयाँ घटनाक्रम देखिएको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) नौसेनाले…

प्रतिकृयाहरू
...