Saturday 11th July 2026

माटोको ढिस्कोले पुरिएर तीन युवतीको मृत्यु, दुई घाइतेको उद्धार


माटोको ढिस्कोले पुरिएर कैलालीमा तीन जना युवतीको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।कैलालीको जानकी गाउँपालिका–९ पूर्वी खैरीफाँटामा माटोको ढिस्कोले पुरिएर तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ ।

घर लिपपोत गर्ने माटो लिन गएका १७ वर्षीया धनसरी विक, २० वर्षीया भावना ओड र ३१ वर्षीया गंगा जैगडीको ढिस्कोले परेर मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए । ढिस्कोमा पुरिँदा स्थानीय काजल विक र अञ्जु जैगढी घाइते भएका छन् । उनीहरुको टीकापुर अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरु घर लिपपोतका लागि माटो लिन गाउँ नजिकैको जंगलमा गएका थिए । माटो खन्ने क्रममा खसेको ढिस्कोले पाँचै जना पुरिएको डिएसपी न्यौपानेले बताएका छन् । उनीहरुमध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । माटोको ढिस्कोले पुरिएको खबर पाएपछि स्थानीयवासी र प्रहरीले उद्धार गरेको हो ।

-नयाँपेजबाट


सम्बन्धित शीर्षकहरु

अमेरिकाले इरानलाई परमाणु गतिविधि अघि बढाउनबाट रोक्न आवश्यक परे सैन्य विकल्प अझै खुला रहेको जनाएको छ। वासिङ्टनले तेहरानमाथि दबाब बढाउँदै…

गण्डकी प्रदेशसभाले औषधीजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई वैधानिकता दिने उद्देश्यसहित तयार गरिएको गाँजा खेती नियमन तथा व्यवस्थापन विधेयक…

काठमाडौंमा दलाई लामाको जन्मदिन मनाउने विषयलाई लिएर पछिल्लो समय विवाद उत्पन्न भएको छ। यो विवाद केवल एउटा जन्मदिन समारोहको विषय…

प्रतिकृयाहरू
...