Monday 24th August 2026

पोल्याण्डमा नेपालीको रेस्टुरेन्टलाई अवार्ड


शेरबहादुर परियार,पोल्याण्ड/ यूरोपेली मुलुक पोल्याण्डको गैरआवासीय नेपाली संघका अध्यक्ष नरेश सापकोटाद्वारा सञ्चालित स्नेहाज टच अफ इण्डियाले “सर्वोत्कृष्ट रेस्टुरेन्ट २०२०”अवार्ड प्राप्त गरेको छ ।

पोल्याण्डको प्रख्यात अनलाइन फुड अर्डरिङ कम्पनि pyszne.pl द्वारा wojewoda łódzki को सर्वोत्कृष्ट रेस्टुरेन्ट २०२० जितेको सञ्चालक सापकोटाले बताए । यो प्रतियोगिता प्रत्येक वर्ष हुने गर्छ ।‘विदेशी भूमिमा विदेशीहरुसँग प्रतिस्पर्धा गरेर अवार्ड पाउनु गौरवको महसुस गरेको छु’, उनले भने । उनी विगत १६ वर्षदेखि सपरिवार पोल्याण्डमा बस्दै आएका छन् ।

नेपाली व्यवसायी संघ पोल्याण्डको सम्मान

पोल्याण्डमा रहेका नेपाली मूलका व्यवसायी, उद्यमी, पेशाकर्मीहरुको संगठन नेपाली व्यवसायी संघ पोल्याण्डले अवार्ड प्राप्त गरेका आफ्नो संघका सदस्य नरेश सापकोटालाई एक कार्यक्रमबीच सम्मान गरेको छ। पोल्याण्डको वार्सामा आयोजित कार्यक्रममा संघका अध्यक्ष डा उदयदेव आचार्यले सापकोटालाई बधाई तथा शुभकामना पत्र सहित सम्मान गरे।सम्मान कार्यक्रममा अध्यक्ष आचार्यले “यस नेपाली व्यवसायी संघका सदस्यको पोल्याण्डका कयौं व्यवसायीलाई पछि पार्दै यो स्तरको सफलताले पोल्याण्डमा रहेका नेपाली समुदायलाई गर्व महसुस गराएको छ । कोभिडको कारणले उत्पन्न अहिलेको बिषम परिस्थितिमा व्यवसायी संघ पोल्याण्ड नेपाली व्यवसायी बिच सहयोग आदान प्रदान गर्दै भविष्यमा थप उर्जा सहित अगाडि बढ्ने” बताए।
सम्मानित सापकाटाले “यो सफलता मेरो व्यक्तिगत नभएर सिंगो नेपाली व्यवसायीको हो,यो अवार्ड प्राप्त मसंग जोडिएका मेरा प्रत्येक कर्मचारीका मेहनती हातहरुको परिणामले सम्भव भएको हो । यो सम्मानले आफूमा थप चुनौती र जिम्मेवारी थपिएको” बताए।

व्यवसायी संघका सचिव आनन्द घिमिरेद्वारा सञ्चालन भएको कार्यक्रममा व्यवसायीहरु रिता न्यौपाने,टंक कटुवाल,प्रकाश तिवारी,अमितकुमार यादव,अनुपा आचार्य लगायतले सापकोटालाई बधाई तथा शुभकामना दिएका थिए।


सम्बन्धित शीर्षकहरु

वैज्ञानिकहरूले अहिलेसम्म पत्ता लगाएका सबैभन्दा शक्तिशाली cosmic rays मध्ये एक अमातेरासु (Amaterasu) नाम दिइएको कणले वैज्ञानिकहरूलाई चकित बनाएको छ। यसको…

मलेसियाको फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (एफडब्लूसीएमएस) मा सूचीकृत २५ नेपाली म्यानपावर कम्पनीले आफ्नो नाम प्रणालीबाट हटाउने भएका छन्। युवा,…

बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको हत्या घटनाले देशभर शोक र आक्रोश फैलाएको छ। बालिका हराएको…

प्रतिकृयाहरू
...