Wednesday 6th August 2025

आयोगले भन्यो- नेकपा हामीले फुटाइदिने हो र!


निर्वाचन आयोगले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकताबारे कुनै निर्णय नभएको जनाएको छ। शुक्रबार केपी शर्मा ओली समूहका नेताहरूसँग छलफल गरेपछि आयोगले अहिलेसम्म कुनै पक्षले आधिकारिकता दाबी गर्दै निवेदन नदिएको बताएको हो। आयुक्त ईश्वरी पौडेलेले दुबै पक्षले राजनीतिक दलसम्बन्धी ऐनअनुसार आफू आधिकारिक भएको दाबी नगरेको बताए।

‘उहाँहरू दुबै पक्षले आफूले निर्णय गरेका निर्णय अध्यावधिक गरिदिनुस् भन्नु भएको हो। आयोगले आधिकारिकताबारे कुनै निर्णय गरेको छैन,’ पौडेलले भने,‘उहाँहरूले नमागेको आधिकारिकता दिन हामीले पार्टी फुटाइदिने हो र!’

आयोगका नजरमा अहिले पनि नेकपा एउटै रहेको उनले बताए। नेकपाको अहिलेको विवादलाई उनले दाजुभाइले झगडा गरेको तर अदालतमा अंशमुद्दा नहालेजस्तो भएको बताए। ‘दाजुभाइ झगडा गरेका छन्। एकले अर्कालाई गाली गरेको सबैलाई थाहा छ तर अदालतमा अंशमुद्दा नहालेसम्म त छुट्टिएको भन्न मिलेन,’ उनले भने।चुनावका लागि छिट्टै पार्टी दर्ता गर्न लागेकाले आयोगले नेकपाका दुबै पक्षलाई बोलाएको उनले बताए।

-तस्बिर-गुगलबाट

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

टिम दर्ता र टाईसिट १५ अगष्तमा बिकास रोका मगर - नेपाल मगर संघ शाखा कुवेतले शहिद लखन थापा मगर रनिङ…

यो टेलिस्कोपले ब्रह्माण्डमा नदेखिने कुराहरू पनि देखाउनेछ जुन २०२५ मा वाशिंगटन डीसीमा आयोजित पत्रकार सम्मेलनको प्रत्यक्ष प्रसारणको क्रममा केही अद्भुत…

अमेरिकामा एक दम्पतीले ३० वर्षभन्दा बढी समयदेखि फ्रिजमा राखिएको भ्रूणबाट बच्चा जन्माएका छन्। यो सबैभन्दा पुरानो भ्रूण हो जसबाट बच्चा…

प्रतिकृयाहरू
...