Tuesday 9th June 2026

अल मुजैनी एक्सचेन्जले साल्मिया पुरानो सुकमा ११२ औं शाखा खोल्यो


तीतोपाटी – कुवेतको सबै भन्दा पुरानो र अग्रणी एक्सचेन्ज कम्पनी अल मुजैनी एक्सचेन्जले साल्मिया पुरानो सुकमा ११२ औं शाखा खोलेको छ ।
“Our Strong Network Getting Stronger” भन्ने मोट्टोका साथ व्यापारलाइ अघि बढाइरहेको अल मुजैनी एक्सचेन्जले साल्मियाको ब्लक -९ स्थिति बराही सालेम स्ट्रिटमा गत शुक्रबार एक समारोह गरि उक्त शाखाको शुरूवात गरेको हो भने उक्त एक्सचेन्जका महाप्रवन्धक श्री ह्यूग फर्नान्डिजले रिवन काटेर ११२ औं शाखाको उद्घाटन गरेका हुन् । उक्त अवसरमा एक्सचेन्जका बरिष्ठ अधिकारीहरू तथा सेवाग्राहीहरूको उपस्थिति रहेको थियो ।

साल्मियाको अत्यन्तै व्यस्त बजार एरियामा खुलेको यस नयाँ शाखाबाट तत्कालै बैंकमा रकम स्थानान्तरण, द्रुत रकम स्थानान्तरण, विदेशी मुद्राको विनिमय, कम्पनी तथा संस्थागत रकम स्थानान्तरण अन्य एक्सचेन्जको तुलनामा राम्रो दररेटमा रेमिट्यान्स सेवा दिने जनाइएको छ ।

बिहान ८ः०० बजे देखि बेलुकी १०ः०० बजेसम्म सेवा प्राप्त गर्न सकिने उक्त एक्सचेन्जको नयाँ शाखा उद्घाटनको क्रममा महाप्रवन्धक फर्नान्डिजले कुवेतको जुनसुकै ठाउँबाट जोसुकैले पनि सहजै वित्तिय सेवाहरू लिन पाउन भनेर अल मुजैनीले हरेक बस्ती बस्तीमा यसका शाखाहरू विस्तार गरेको बताए ।

वेष्टर्न युनियन मार्फत पैसा पठाउन सकिने यस एक्सचेन्जल सेवाग्राहीहरूको सहजताको लागि अल मुजैनी एक्सचेन्ज डिजिटल एपको पनि विकास गरेको छ जुन एप्स स्टोर, गुगल प्ले तथा एप ग्यालरी मार्फत डाउनलोड गरि अनलाइन मार्फत पनि वित्तिय कारोवार गर्न सकिन्छ ।
अनलाइन प्लेटफर्म मार्फत एक पटक रजिष्टर्ड गरि सकेपछि संसारको जुनसुकै कुनाबाट र जति नै बेला पनि सुरक्षित र भरपर्दो रूपमा सेवा लिन सकिने छ ।

केहि वर्ष अगाडि सम्म एक्सचेन्ट रेट कम भएको कारण नेपाल लगायत अन्य देशका कामदारहरूले अल मुजैनी एक्सचेन्ज भन्दा अन्य एक्सचेन्ज मार्फत रेमिट्यान्स पठाउने गरेकोमा करिव २ वर्ष यता देखि अन्य एक्सचेन्जको तुलनामा राम्रो एक्सचेन्ज रेट दिन थालेपछि अल मुजैनी एक्सचेन्ज मार्फत रेमिट्यान्स पठाउनेको संख्या दिन २ गुणा रात ४ गुणाको दरले बढ्दै गएको छ भने एक्सचेन्जले पनि सेवाग्राहीहरूलाइ विभिन्न डिजिटल सेवाहरू पनि प्रदान गर्दै अाएको छ ।


सम्बन्धित शीर्षकहरु

इरान र इजरायलबीचको बढ्दो द्वन्द्वका बीच सामान्य इरानी नागरिकहरूमा चिन्ता, अनिश्चितता र थकान बढ्दै गएको छ। BBC Persian सँग कुरा…

इरानले इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गरेपछि आफ्नो हवाई क्षेत्रको केही भाग बन्द गरेको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)ले…

सोमबार बिहान फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओ क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का…

प्रतिकृयाहरू
...