Friday 15th May 2026

पार्टी विभाजन- यसबाट हुने असर


बि. आर. उप्रेती, बारा – नेपालमा राजनीतिक पार्टीहरुका अगुवाहरूको अहंकारले गर्दा पार्टी भित्र अन्तर विरोध, झै-झगडा उत्पन्न हुन्छ अन्ततः पार्टी विभाजन । यस्तो रोगबाट धेरै जसो पार्टीले गोता खाइसकेका छन् । फुट्ने (पार्टी विभाजन) अनि अलि पछि पुनः एकीकृत हुने । यही क्रममा अहिले नेपाल कम्युनिस्ट पार्टी विभाजनमा पुगिसकेको छ।

देशमा जनताहरुले दुइ तिहाइ मत दिई कम्युनिस्ट पार्टीलाई शासन व्यवस्था संचालन गर्न दिइ- जनताहरु जताततै गफ गर्थे अब भने सुखको दिन आयो, भोका नाङ्गा, अशिक्षा, भूमिहीन, बेरोजगार जस्ता गरिबीले डाँडा काट्यो भन्थे नेपाली जनताहरु । तर के गर्नु अहिलेको कम्युनिस्ट पार्टी विभाजन बारेको (पार्टी फुटको) माहौल हेरेर नून खाएका कुखुरा जस्ता भइ रहेकाछन् विचरा ! कस्तो आशा र आकांक्षा लिएका जनताहरु अहिले निराशा भइ भोलि के गर्ने ? शासन प्रणाली कस्तो हुने हो ? आदि कुरा सोचिरहेकोछन् । किनभने गत महिनामा प्रतिनिधि सभा विघटन , नेपाल कम्युनिस्ट पार्टी फूटी विभाजन, प्रतिनिधि सभा विघटन हुनु हुँदैन भनि अदालतमा रिट दायर हुनु, ने.क.पा. भित्रका पक्ष विपक्ष भइ एकले अर्कालाई गाली गलौज गर्नु इ सबै कुरा भोग्नु त जनता र राष्ट्रले नै होला।

विघटित प्रतिनिधि सभा पुनः स्थापना गर्न पर्छ पर्दैन संविधान कानून अनुसार श्री सम्मानित अदालतबाट किनारा लाग्ला त्यो छँदैछ । तर माननीय नेताज्युहरु ।यसरी छँदाछँदैको दुइ तिहाइको निर्वाचित कम्युनिस्ट पार्टी जनताहरुको आशा भरोसाको पार्टी विभाजन गरेर आन्दोलन र एकले अर्कालाई जथाभावी गाली गर्ने गरेको देख्दा जनताहरुले के खुशी र राम्रो ठानेका छन् त ? तसर्थ राष्ट्रमा राम्रो पथ प्रदर्शक बनाै आदरणीय नेताज्युहरु ! घर भित्र पनि झै-झगडा हुन्छ, पछि मेल मिलाप हुन्छ । त्यस्तै तपाईहरु पनि सबै पक्षको र मध्यस्थता गर्ने नेताज्युहरु समेत एकै स्थानमा बसी आत्मा आलोचना लगायत के कसरी हुन्छ सद्भावका साथ मेलमिलाप गरि पार्टी पुनः पूर्व स्थानमा ल्याउन अटल राख्नु हुनेछ । यसो भए मात्र भोलि अन्य विकट राजनीति वातावरणको विषम् समय भोग्नु नपर्ला भन्ने ठान्छन् नेपाली जनताहरु ।


सम्बन्धित शीर्षकहरु

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ का सम्भावित प्राथमिकता र कार्यक्रमहरूमा सुशासन, डिजिटल प्रविधि, आर्थिक सुधार, कृषि आधुनिकीकरण, ऊर्जा विस्तार र…

मार्को रुवियो माथि चीनले  पहिले नै प्रतिबन्ध लगाएको भए पनि उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प  सँग बेइजिङ भ्रमणमा सहभागी हुन…

प्रतिकृयाहरू
...