Tuesday 7th April 2026

कविताः जीवन विज्ञान – लोक छन्दः झ्याउरे -हरि शर्मा (गलकोटे कवि)


आफूको पति आफू नै स्वयम् भएमा उत्तम
आफूको गति अरुले तय गरेमा खतम
विवेकसाथ भएको मान्छे प्रयोग गरेमा
आफूको मार्ग सफल हुन्छ पुगिन्छ लक्षमा ।१।🌷🙏🌺

उद्देश्य आफ्नो खोजेर राखी त्यसैमा लागेमा
लक्षको तय अगृम गरी दृढता राखेमा
सफल कार्य अवश्य बन्छ सृष्टिको नियम
नगरी कर्म फलको आशा नगर्दा उत्तम ।२।🌷🙏🌺

ज्ञानको कुरा सुन्नको लागि फुर्सद नहुँदा
लोकमा मान्छे इशाराबाट चलेको देखिन्छ
भनेर ज्ञानी जनले बोल्छन् सज्जनहरूले
अरुको कुरा सुन्दैनन् किन मनुजहरुले ।३।🌷🙏🌺

हरेक कुरा अरुको मुख ताकेर हिँडेमा
अवश्य पनि अलत्र हामी पर्दछौ बिचमा
आफूको सुख अरुले दिन्छ भनेर सोच्दछौँ
कसरी लाभ आफूको होला भनेर खोज्दछौँ ।४।🌷🙏🌺

यसैले होला सबैले दोष अरुमा थोपर्ने
आफूको गल्ति कसैले पनि स्विकार नगर्ने
दुवैले आफ्नो स्वार्थमा लाग्दा लडाइँ पर्दछ
दुबैले लिने दिनको जिम्मा कसको पर्दछ ? ।५।🌷🙏🌺

आफूले आफू सुधार गरे समाज बन्दछ
मान्छेले भने अरुले गर्दा बिग्रेको भन्दछ
अरुको आशा गरेर बस्दा निराशा मिल्नेछ
अरुले पनि आफूको लाभ खोजेर हिँड्दछ ।६।🌷🙏🌺

अरुको गल्ति खोजेर हिँड्ने मानव आजका
सबैले बुझौँ ज्ञानको कुरा दिएको सन्देश
जीवन पनि विज्ञान जस्तै तथ्यमा चल्दछ
कर्मले मात्र मिल्नेछ फल ज्ञानीले बोल्दछ ।७।🌷🙏🌺
हरि शर्मा(गलकोटे कवि)
मिशिगन, अमेरिका । 🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

कुवेतको प्रमुख खुद्रा गन्तव्य लुलु हाइपरमार्केटले टाली, कुवेतको “Buy Now, Pay Later” सेवा प्रदायकसँग साझेदारी गर्दै ग्राहकहरूलाई लचिलो र सुविधाजनक…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको ७१औं स्थापना दिवस एक विशेष समारोहका बीच मनाएको छ। सो अवसरमा पत्रकारहरूको व्यावसायिक…

प्रतिकृयाहरू
...