Wednesday 10th December 2025

गजल -धर्मिला कार्की


दिनदिनै चौतारीमा धाए पनि हुन्न माया ।
लुकीलुकी टाढैबाट आएपनि हुन्न माया ।।

मन पर्छ तिमी भनि जहिले नि सताउँदै
मीठो धुनमा प्रेम गीत गाए पनि हुन्न माया ।

फूल टिपी शिरमा नै सजाउँछु भन्दै अब
देउता भाक्दै बाचा कसम खाए पनि हुन्न माया ।

तनमन समर्पित गरी दिलले दिल छुन
हिरा-मोती उपहार पाए पनि हुन्न माया ।

कल्पनामा दिलकी रानी बनाउँछु भनि सधैँ
राजा हुन राजमुकुट लाए पनि हुन्न माया ।

धर्मिला कार्की
महाराजगंज,काठमाडौँ


सम्बन्धित शीर्षकहरु

हबल अन्तरिक्ष दूरबीनले (Hubble Space Telescope) हाम्रो सौर्यमण्डलमा देखिएको तेस्रो अन्तरतारकीय आगन्तुक ‘3I/ATLAS’ को नयाँ तस्बिर खिचेको छ।यो वस्तु हाम्रो…

गाजामा समन्वयका लागि नयाँ बनाइएको बेसमा रहेका अमेरिकी सैनिक र उनका सहयोगीहरूलाई इजरायली कर्मचारीहरूले लगातार निगरानी गरेको पाइएको छ। यसले…

इरानको अदालतले मंगलबार घोषणा गर्‍यो कि आफ्नै पतिको हत्या गरेको आरोपमा मृत्युदण्ड पाउन लागेको एक महिलालाई अब फाँसी दिइने छैन।…

प्रतिकृयाहरू
...