Monday 20th April 2026

नेकपा प्रचण्ड–नेपाल पक्षद्वारा दोस्रो चरणको आन्दोलन घोषणा


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । प्रचण्ड–नेपाल पक्षले शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी पुस २० देखि माघ २३ सम्म चरणबद्ध आन्दोलनको घोषणा गरेको हो । घोषित आन्दोलनको कार्यक्रमअनुसार पुस २० गतेसम्म पालिकास्तरमा र २५ गतेसम्म वडास्तरमा भेला तथा संघर्षसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ । सँगसँगै प्रदेश, जिल्ला, पालिका र वडास्तरमा संघर्ष समिति पनि गठन गरिनेछ ।

यस्तै पुस २१ गते संघीय राजधानी र देशका विभिन्न शहरहरुमा राजनीतिक पार्टीहरुसँग प्रधानमन्त्री केपी ओलीको कदमको विषयमा अन्तर्क्रिया कार्यक्रम गरिनेछ । यस्तै २३ गते नागरिक समाजसँग अन्तरक्रिया गरिनेछ भने २४ गते देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोधपत्र बुझाइनेछ । यस्तै पुस २६ गते सडक संविधान बाचन–ब्याख्या कार्यक्रम गरिनुका साथै पुस २८ गते देशव्यापी घरघरमा पर्चा वितरण र गाउँ तथा टोलसम्म कालोझण्डा गाड्नेलगायतका विरोधका कार्यक्रम राखिएको छ ।

यसैगरी पुस २९ गते निर्वाचनस्तरीय भेला, ३० गते सबै वडाहरुमा विरोध प्रदर्शन, माघ ५ गते पालिकाहरुमा विरोध प्रदर्शन र १० गते काठमाडौं उपत्यकालगायत देशभरका सहरी क्षेत्रमा मोटरसाइकल र्याली निकालिने छ ।
यस्तै माघ १६ र १७ गते सबै प्रदेशमा विरोध सभा राखिएको छ भने २२ गते देशव्यापी मसालजुलुस गरिनेछ भने माघ २३ गते राजधानीमा विरोध प्रदर्शन र सभा गरिनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको विरोधमा प्रचण्ड–नेपाल समूह सडकमा आएको छ । यसअघि प्रदर्शनलगायतका आन्दोलनका कार्यक्रम सफल भएको निष्कर्ष निकाल्दै प्रचण्ड–नेपाल पक्षले ओलीको ‘असंवैधानिक’ कदम नसच्चिँदासम्म आन्दोलन नरोकिने पनि स्पष्ट पारेको छ ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- नेपाली कांग्रेसभित्रको आधिकारिकता विवादमा सर्वोच्च अदालतले गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि शेरबहादुर देउवा पक्षले अदालतको उक्त फैसलालाई आत्मसात्…

तितोपाटी-पाल्पाको माथागढी गाउँपालिका–२, रुप्सेस्थित पिपलडाँडा यतिबेला आन्तरिक पर्यटकलाई स्वागत गर्न नयाँ स्वरूपमा तयार भएको छ। प्राकृतिक दृश्यावलोकन, धार्मिक आस्था र…

मध्यपूर्वको तनावपूर्ण अवस्थाबीच इरान ले आफ्नो हवाई क्षेत्र पुनः खोल्दै विमानस्थलहरू क्रमशः सञ्चालनमा ल्याउन थालेको छ। केही दिनअघिसम्म सुरक्षा जोखिमका…

प्रतिकृयाहरू
...