Saturday 10th October 2026

देशभर मनाइयो राष्ट्रिय पोशाक दिवस


तितोपाटी- ८ औँ राष्ट्रिय पोशाक दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । शुक्रबार युवाहरुले राष्ट्रिय पोशाकसहित काठमाडौंमा मार्चपास गरी दिवस मनाएका हुन् ।

हाम्रो शान, हाम्रो स्वाभिमान, राष्ट्रिय पोशाक हाम्रो पहिचान भन्ने मूल नाराका साथ उनीहरु साँस्कृतिक पहिचान सहितको पोशाकका साथ र्‍यालीमा सहभागी भएका थिए ।

ढाका र भाद्भाउले टोपी, दौरा–सुरुवाल, गुन्यु–चोली लगाएका युवा युवतीहरुले नेपाली झण्डा र बाजागाजासहित मार्चपास गरेका हुन् ।

पछिल्लो समयमा नेपाली मौलिक संस्कृतिलाई विदेशी संस्कृतिले धरासायी बनाएकाले नेपालको संस्कृति, सभ्यता र धरोहरलाई विश्वसमुदायमा उजागर गर्न राष्ट्रिय पोशाक दिवस मनाइएको हो ।

मार्चपास माइतीघर मण्डलाबाट सुरु भएर नेपाल कला परिषद् पुगेर माइतीघरमै टुङ्गिएको थियो । नेपाली पोशाक संरक्षण गर्ने उद्देश्यसहित पुस १७ मा राष्ट्रिय पोशाक दिवस मनाउन थालिएको हो ।


सम्बन्धित शीर्षकहरु

अबुधाबी, अक्टोबर १०। संयुक्त अरब इमिरेट्सको सरकारी वकिल कार्यालयले दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाईदुबईको उडान एफजेड१०७३ मा भएको घटनाबारे…

रुसको प्रमुख प्रविधि कम्पनी यान्डेक्स (Yandex) ले युक्रेनी ड्रोन आक्रमणका कारण आफ्ना दुई डेटा सेन्टरमा क्षति पुगेपछि सेवा सञ्चालनमा समस्या…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको सहमतिअनुसार रूसले विश्व बजारमा तत्काल डिजेल आपूर्ति गर्ने बताएका छन्। ट्रम्पका…

प्रतिकृयाहरू
...