Friday 14th November 2025

यमनमा मन्त्रिपरिषद् सदस्यहरूमाथि गरिएको आक्रमणमा २२ को मृत्यु


तितोपाटी- यमनको एडन सहरस्थित विमानस्थलमा भएको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । ५० भन्दा बढी घाइते भएका छन् ।

हालै गठन भएको सरकारका सदस्यहरू सवार विमान छिमेकी साउदी अरेबियाबाट अवतरण गरेको केहीबेरमै दुईवटा विस्फोट गराइएको हो । विस्फोटपछि गोली समेत चलेको थियो । धावनमार्गमा मिसाइल आक्रमण गरिएसँगै विस्फोट भएको हो ।

अन्तर्राष्ट्रिय रेडक्रसले आफ्ना एकजना कर्मचारी मारिएको जनाएको छ र श्रम मन्त्रालयका उप सचिव मारिएका छन् । दुई जना उपमन्त्री घाइते भएका छन् । यमनका प्रधानमन्त्री मीन अब्दुल मलिक सइदले आफू र मन्त्रिपरिषद् सदस्यहरू सकुशल रहेको बताएका छन् ।

मृत्यु र घाइते हुनेमा सहायतामा जुटेका मानिसहरु रहेको बताइएको छ । यमनका सूचना मन्त्रीले हुथी विद्रोहीहरूले कायरतापूर्ण आतंकवादी कार्य गरेको आरोप लगाएका छन् ।

सन् २०१९ को अगस्टमा सैन्य परेडका बेला हुथि विद्रोहीहरूले गरेको आक्रमणमा ३६ जनाको मृत्यु भएको थियो । सन् २०१५ देखि यमन द्वन्द्वको चपेटामा परेको छ ।

साउदी अरेबियाले नेतृत्व गरेको अरब राष्ट्रहरूको समूहले हुथी विद्रोहीहरूलाई परास्त गर्न र राष्ट्रपति अब्दराबा मन्सुर हादीको शासन पुनः स्थापित गर्नका लागि सैन्य कारबाही सुरु गरेसँगै यमनमा समस्या देखा परेको हो । यमनमा द्वन्द्वका कारण १ लाख १० भन्दा बढीले ज्यान गुमाएका छन । लाखौँलाई भोकमरीको चपेटामा पारेको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...