Tuesday 20th January 2026

निर्मला पन्त प्रकरणमा बर्खास्त एसपी विष्टलाई पुनर्वहाली गर्ने सरकारको निर्णय


तितोपाटी- सरकारले बर्खास्तमा परेका प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टलाई पुनर्वहाली गर्ने निर्णय गरेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले एसपी विष्टलाई पुनर्वहाली गर्ने निर्णय गरेको हो ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्याको छानबिनमा लापरवाही गरेको आरोपमा सरकारले एसपी विष्ट र इन्स्पेक्टर जगदिश भट्टलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी बर्खास्त गरेको थियो ।
बर्खास्तमा परेपछि आफूहरू अन्यायमा परेको भन्दै दुवैले कानुनी उपचार खोजेका थिए । उनीहरूलाई गत १५ साउनमा जिल्ला अदालत कञ्चनपुरले सफाइ दिने फैसला गरेको थियो । अदालतको सफाइपछि गृह मन्त्रालयले विष्टको पुनर्वहालीका लागि मन्त्रिपरिषदमा लेखी पठाएको थियो ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...