Saturday 1st August 2026

उखु किसान र सरकारबीच चार बुँदे सहमति, आन्दोलन स्थगित


तितोपाटी- चिनी मिलबाट पाउनुपर्ने बक्यौता रकम भुक्तानीको माग गर्दै दुई हप्तादेखि आन्दोलनरत उखु किसानले सरकारसँग चार बुँदे सम्झौतापछि आन्दोलन स्थगित गरेका छन्। सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधि र उखु किसानबीच यस्तो सम्झौता भएको हो। चिनी उद्योगीले २१ दिनभित्र सबै बक्यौता तिर्ने शर्तमा किसानले आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन्। यस्तै, उखु किसान र चिनी उद्योगसँग सम्बन्धित एक अध्ययन समिति बनाई १ सय २० भित्र प्रतिवेदन पेस गर्ने सहमति पनि बनेको छ । उखु किसान र चिनी उद्योगीबीच सरकारको रोहबरमा गत वर्ष पुस १८ गते ५ बुँदे सम्झौता भएको थियो। उक्त सम्झौता कार्यान्वयन नभएपछि किसानले यसवर्ष पनि आन्दोलन शुरु गरेका थिए । किसानहरु उखुको बक्यौता भुक्तानीको माग गर्दै १६ दिनदेखि काठमाण्डौको माइतीघर मण्डलामा आन्दोलन थालेका थिए । आन्दोलनरत किसानले चिनी उद्योगले नब्बे करोड रुपैया किसानलाई दिन बाँकी रहेको बताएका छन । सरकारले भने उद्योगहरुले ६५ करोड भुक्तानी दिइसकेको दावी गरेको छ । किसानले आन्दोलन थालेपछि केही उद्योगले भने भुक्तानी दिन सुरु गरेका छन ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा सुरक्षा अवस्था थप जटिल बन्दै गएपछि बग्दादस्थित अमेरिकी दूतावास र इराकको एरबिलस्थित अमेरिकी महावाणिज्य दूतावासले सुरक्षा चेतावनी जारी गर्दै…

कुवेतस्थित नेपाली दूतावासले नेपाली श्रमिकसँग प्रत्यक्ष संवाद गर्ने अभियानअन्तर्गत आज बिहान अलमुल्ला क्लिनिङ कम्पनीको माबुल्लास्थित ब्लक–१ मा रहेको श्रमिक आवास…

मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले जितेकी छन्। ललितपुरस्थित द प्लाजामा शनिबार सम्पन्न फाइनल प्रतियोगितामा २३ प्रतिस्पर्धीलाई पछि पार्दै…

प्रतिकृयाहरू
...