Tuesday 20th January 2026

उखु किसान र सरकारबीच चार बुँदे सहमति, आन्दोलन स्थगित


तितोपाटी- चिनी मिलबाट पाउनुपर्ने बक्यौता रकम भुक्तानीको माग गर्दै दुई हप्तादेखि आन्दोलनरत उखु किसानले सरकारसँग चार बुँदे सम्झौतापछि आन्दोलन स्थगित गरेका छन्। सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधि र उखु किसानबीच यस्तो सम्झौता भएको हो। चिनी उद्योगीले २१ दिनभित्र सबै बक्यौता तिर्ने शर्तमा किसानले आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन्। यस्तै, उखु किसान र चिनी उद्योगसँग सम्बन्धित एक अध्ययन समिति बनाई १ सय २० भित्र प्रतिवेदन पेस गर्ने सहमति पनि बनेको छ । उखु किसान र चिनी उद्योगीबीच सरकारको रोहबरमा गत वर्ष पुस १८ गते ५ बुँदे सम्झौता भएको थियो। उक्त सम्झौता कार्यान्वयन नभएपछि किसानले यसवर्ष पनि आन्दोलन शुरु गरेका थिए । किसानहरु उखुको बक्यौता भुक्तानीको माग गर्दै १६ दिनदेखि काठमाण्डौको माइतीघर मण्डलामा आन्दोलन थालेका थिए । आन्दोलनरत किसानले चिनी उद्योगले नब्बे करोड रुपैया किसानलाई दिन बाँकी रहेको बताएका छन । सरकारले भने उद्योगहरुले ६५ करोड भुक्तानी दिइसकेको दावी गरेको छ । किसानले आन्दोलन थालेपछि केही उद्योगले भने भुक्तानी दिन सुरु गरेका छन ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...