Saturday 1st August 2026

चिनियाँ टोलीद्वारा दाहाल र नेपालसँग छलफल


तितोपाटी- नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको टोलीले नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसँग भेटवार्ता गरेको छ ।

अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको प्रतिनिधि मण्डलले निजी निवास खुमलटारमा अध्यक्ष दाहालसँग भेट गरेपछि नेता नेपाललाई एभरेष्ट होटल नयाँ बानेश्वरमा भेटेको हो ।
आइतबार नेपाल आएको चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरिसकेको छ । टोलीले सोमबार नै नेकपाका वरिष्ठ नेता झलनाथ खनालसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा सुरक्षा अवस्था थप जटिल बन्दै गएपछि बग्दादस्थित अमेरिकी दूतावास र इराकको एरबिलस्थित अमेरिकी महावाणिज्य दूतावासले सुरक्षा चेतावनी जारी गर्दै…

कुवेतस्थित नेपाली दूतावासले नेपाली श्रमिकसँग प्रत्यक्ष संवाद गर्ने अभियानअन्तर्गत आज बिहान अलमुल्ला क्लिनिङ कम्पनीको माबुल्लास्थित ब्लक–१ मा रहेको श्रमिक आवास…

मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले जितेकी छन्। ललितपुरस्थित द प्लाजामा शनिबार सम्पन्न फाइनल प्रतियोगितामा २३ प्रतिस्पर्धीलाई पछि पार्दै…

प्रतिकृयाहरू
...