Sunday 17th May 2026

नक्कली भिडन्तको आवरणमा दमन गरे प्रतिकार हुन्छ : विप्लव


तितोपाटी- नेत्रविक्रम चन्द (विप्लव) नेकपाले संखुवासभामा प्रहरी र आफ्न कार्यकर्ताबीच गोली हानाहान भएको भन्ने समाचारमा सत्यता नभएको उल्लेख गरेको छ।

‘प्रहरीले जिल्ला सेक्रेटरी युवराज राईकी बहिनी भएकै कारणले चन्द्रकला राईलाई कुटपिट गरी ढाड भाँचेर अचेत अवस्थामा पुर्‍याएको छ‚’ आइतबार पार्टी प्रवक्ता प्रकाण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ‚ ‘उक्त घटनालाई दोहोरो भीडन्त भएको दाबी र समाचारको पनि खण्डन गर्दछ।’

साथै विज्ञप्तिमा भनिएको छ‚ ‘सुरक्षा निकायप्रति कुनै आक्रमणको नीति नरहेको अवस्थामा पनि परिस्थितिलाई उक्साउने‚ उत्तेजित बनाउने र दमन गर्ने नीति राज्यले कायम राखेमा सशक्त प्रतिरोध गरिने विषयसमेत सम्बन्धित सबैमा जानकारी गराउँछौं।’

संखुवासभाको चैनपुर-४ मैदाने भन्ने ठाउँमा आइतबार विप्लव कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको समाचार बाहिरिएको थियो।


सम्बन्धित शीर्षकहरु

सुशिल बस्याल "राष्ट्रप्रेमी" कास्की । लिडरसिप एकेडेमी नेपाल द्वारा आयोजित दुईदिने अभिमुखीकरण तथा क्षमता विकास कार्यक्रम पोखरामा सम्पन्न भएको छ…

नयाँ दिल्ली मा भएको BRICS विदेशमन्त्रीहरूको बैठकमा इरान र युएई बीच तनाव खुला रूपमा देखिएको छ। इरानका विदेशमन्त्री Seyyed Abbas Araghchi ले…

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

प्रतिकृयाहरू
...