Tuesday 20th January 2026

नक्कली भिडन्तको आवरणमा दमन गरे प्रतिकार हुन्छ : विप्लव


तितोपाटी- नेत्रविक्रम चन्द (विप्लव) नेकपाले संखुवासभामा प्रहरी र आफ्न कार्यकर्ताबीच गोली हानाहान भएको भन्ने समाचारमा सत्यता नभएको उल्लेख गरेको छ।

‘प्रहरीले जिल्ला सेक्रेटरी युवराज राईकी बहिनी भएकै कारणले चन्द्रकला राईलाई कुटपिट गरी ढाड भाँचेर अचेत अवस्थामा पुर्‍याएको छ‚’ आइतबार पार्टी प्रवक्ता प्रकाण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ‚ ‘उक्त घटनालाई दोहोरो भीडन्त भएको दाबी र समाचारको पनि खण्डन गर्दछ।’

साथै विज्ञप्तिमा भनिएको छ‚ ‘सुरक्षा निकायप्रति कुनै आक्रमणको नीति नरहेको अवस्थामा पनि परिस्थितिलाई उक्साउने‚ उत्तेजित बनाउने र दमन गर्ने नीति राज्यले कायम राखेमा सशक्त प्रतिरोध गरिने विषयसमेत सम्बन्धित सबैमा जानकारी गराउँछौं।’

संखुवासभाको चैनपुर-४ मैदाने भन्ने ठाउँमा आइतबार विप्लव कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको समाचार बाहिरिएको थियो।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...