एमालेको पहिरोमा थिचिंदैछन् कार्यकर्ता ।
केपी प्रचण्डको बीच मिचिंदैछन् कार्यकर्ता ।।
धेरै फल्ने फलाउने आशा आड भरोसामा,
दुई ढुङ्गाको तरूल भै किचिंदैछन् कार्यकर्ता ।।
कस्को शक्ति कस्को सत्ता बेला मौका बिचारेर,
अझै लोभी स्वार्थी बनि खिचिंदैछन् कार्यकर्ता ।।
-टहल आचार्य
कालिञ्चोक-८, सुनखानी दोलखा
बागमती प्रदेश ।