Saturday 10th October 2026

दाहाल-नेपाल समूहद्वारा प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौंको माइतिघरमा प्रदर्शन


तितोपाटी- नेकपाको दाहाल–नेपाल पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध आजबाट आन्दोलन शुरु गरेका छन् । सबै केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सदस्यहरुको उपस्थितिमा माइतिघर मण्डलाबाट प्रदर्शन शुरु गरेका हुन् ।

आधिकारिक नेकपा आफु भएको दावी सहित सो समूह आजै निर्वाचन आयोग समेत जाँदैछ । अदालतमा पनि रिट दायर गर्ने तयारी छ । आजै दाहाल नेपाल समूहले अध्यक्षद्वय पुष्पकमल दाहाल र माधब नेपालका तर्फबाट संयुक्त पत्रकार सम्मेलन समेत आयोजना गरेका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्न दाहाल नेपाल समूहले नारायणकाजी श्रेष्ठको नेतृत्वमा २ हजार पाँच सय एक सदस्यीय प्रतिगमनविरुद्ध संघर्ष समिति गठन गरेको छ । हिजोको केन्द्रिय समिति बैठकले पुस महिनाभरका लागि आन्दोलन कार्यक्रम समेत सार्वजनिक गरेको छ ।


सम्बन्धित शीर्षकहरु

अबुधाबी, अक्टोबर १०। संयुक्त अरब इमिरेट्सको सरकारी वकिल कार्यालयले दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाईदुबईको उडान एफजेड१०७३ मा भएको घटनाबारे…

रुसको प्रमुख प्रविधि कम्पनी यान्डेक्स (Yandex) ले युक्रेनी ड्रोन आक्रमणका कारण आफ्ना दुई डेटा सेन्टरमा क्षति पुगेपछि सेवा सञ्चालनमा समस्या…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको सहमतिअनुसार रूसले विश्व बजारमा तत्काल डिजेल आपूर्ति गर्ने बताएका छन्। ट्रम्पका…

प्रतिकृयाहरू
...