Tuesday 20th January 2026

कोरियाले २०२१ मा नेपालसहित अन्य देशबाट ५२ हजार कामदार लाने


तितोपाटी- दक्षिण कोरियाको प्रवासी श्रमिक कोटा निर्धारण समितिको बुधबार बसेको बैठकले सन् २०२१ लागि इपिएसअन्तर्गत लैजाने प्रवासी श्रमिकको कोटा ५२ हजार निर्धारण गरेको छ ।

यो संख्या नेपालसहित अन्य १६ मुलुकका लागि हो । यो संख्या अघिल्लो बर्ष २०२० को तुलनामा चार हजार कम हो । कोरोनाका कारण २०२० को कोटामध्येका ३० हजार नौ सय प्रवासी श्रमिक कोरिया आउन पाएका छैनन् ।

कोटा तोकिएका ५२ हजारमध्ये उत्पादन क्षेत्रमा ३७ हजार सात सय, कृषि क्षेत्रमा छ हजार चार सय र मत्स्यपालन क्षेत्रमा तीन हजार आउन पाउनेछन । त्यस्तै निर्माण क्षेत्रमा एक हजार आठ सय, सेवा क्षेत्रमा एक सय जना तोकिएको छ ।

यो कोटामध्ये ४० हजार नयाँ आउनेछन् भने १२ हजार प्रतिबद्ध पुनः प्रवेश अन्तर्गतका श्रमिक कोरिया जान पाउने छन् । अप्रिलसम्ममा २२ हजारको रोजगार अनुमतिपत्र जारी गरिने भनिएको छ ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...