Friday 9th October 2026

गीत -धर्मिला कार्की


किन फोटो शेयर गर्नु फेसबुकमा
साँचेकी छु तिम्रो माया ढुकढुकीमा

साँचो माया लाउदा प्रचार गर्नै पर्छ र !
अटल विश्वास हाम्रो प्रेम कहाँ त्यसै मर्छ र
बगैचाको फूल पनि नओइलाइ कहाँ झर्छ र!
किन फोटो……………………………….
साँचेकी छु ……………………………….

जिन्दगीको यात्रामा कहिलेकाहीँ लडिएला
लडेपछि उठ्नु है अनि गन्तव्य भेटिएला
डटेर अगाडि नबढे हिमाल कहाँ चढिएला ?
किन फोटो………………………………..
साँचेकी छु………………………………..

दु:ख र सुख घाम छाया हो जिउला मिलीजुली
तरौ जंघार हात समाइ एक अर्कालाई नभुली
भुल्नुपरे एकछिन् तिमीलाई हुन्छु म त लुली
किन फोटो…………………………………
साँचेकी छु…………………………………

सिरसिर हावा चौतारीमा क्या मिठो छ शितल
रानीवनमा सँगसँगै एकजोडी चितल
हाम्रो माया अकबरी सुन हो, हैन नि पितल
किन फोटो…………………………..
साँचेकी छु……………………………

 

-धर्मिला कार्की
महाराजगन्ज, काठमाडौं


सम्बन्धित शीर्षकहरु

काठमाडौँ, २३ असोज। साउदी अरब र यमनका हुथी विद्रोहीबीच चर्किएको सैन्य द्वन्द्वमा पाकिस्तानको भूमिकालाई लिएर नयाँ विवाद उत्पन्न भएको छ।…

काठमाडौं — हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको कोष अपचलन तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा व्यवसायी दीपक भट्टसहित २० व्यक्ति तथा संस्थाविरुद्ध काठमाडौं जिल्ला…

 निकटस्थहरूको घरमा एकैसाथ छापा काठमाडौं — पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग जोडिएका व्यक्तिहरूमाथि राज्यका अनुसन्धान निकायले अनुसन्धान तीव्र पारेका छन्। सम्पत्ति शुद्धीकरण…

प्रतिकृयाहरू
...