Thursday 8th October 2026

नेपालको एकीकृत परराष्ट्र नीति सार्वजनिक (पुर्णपाठ सहित)


तीतोपाटी – नेपाल सरकारले परराष्ट्र नीति सार्वजनिक गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आइतबार मन्त्रालयमै पत्रकार सम्मेलन गरी परराष्ट्र नीति सार्वजनिक गरेका हुन् । सार्वजनिक रुपमा नै उपलब्ध हुने गरी एकीकृत रुपमा परराष्ट्र नीति तयार पारिएको यो पहिलो पटक हो ।

सार्वजनिक गरिएको परराष्ट्र नीतिमा अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मञ्चमा नेपालको पहिचान र प्रतिनिधित्व अभिवृद्धि गरी  राष्ट्रिय हितको रक्षा र प्रवर्धनलाइ पहिलो चुनाैतीको रूपमा लिइएको छ ।

त्यसै गरि क्षेत्रीय एवं विश्व शक्तिराष्ट्रहरुको सामरिक प्रतिस्पर्धाबाट नेपालको सार्वभौमिकता र राष्ट्रिय हितमा नकारात्मक प्रभाव पर्न नदिने कार्यलाई अर्काे चुनौतीका रुपमा लिइएको छ ।

त्यस्तै नेपालको अन्तर्राष्ट्रिय सीमाको सुरक्षा गर्ने कार्यलाई अर्काे महत्वपूर्ण चुनौतीका रुपमा उल्लेख गरेको छ । नयाँ परराष्ट्र नीतिमा भनिएको छ, ‘ऐतिहासिक सन्धि, सम्झौता तथ्य र प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट सीमा समस्याको समाधान गर्ने ’ भनिएको छ ।

परराष्ट्र नीतिमा भनिएको छ ‘परराष्ट्र नीतिका विषयमा मुलुकका राजनीतिक दल लगायत सबै सरोकारवालाबीच एकीकृत र समान राष्ट्रिय दृष्टिकोण विकास गरी कार्यगत एकरुपता र समन्वय सुदृढ गर्दै जानुपर्ने कार्य कठिन देखिन्छ ।’

परराष्ट्र नीतिले आर्थिक कूटनीतिलाई प्राथमिकता दिदै जलवायु परिवर्तन, अन्तराष्ट्रिय क्षेत्रीय मञ्चमा नेपालको स्थान लगायतका विषयमा समेत जोड दिएको छ भने स्वतन्त्र र सन्तुलित परराष्ट्र नीतिको सञ्जालबाट सावैभौमिक समानता, पारस्परिक लाभ र सम्मानमा आधारित बाह्य सम्बन्ध सुदृढ गर्दै समग्र राष्ट्रिय हितको सम्बर्दन र प्रवद्र्धन गर्ने लक्ष्य परराष्ट्र नीतिले लिएको छ ।
छिमेकी लगायत सबै मुलुकसँग सार्वभौमिक समानता, पारस्परिक लाभ र सम्मानका आधारमा द्धिपक्षीय सम्बन्ध विस्तार र सुदृढ गरिने पनि परराष्ट्र नीतिमा उल्लेख छ ।

विदेशमा पेशा, व्यवसाय र रोजगारीमा संलग्न नेपाली समुदाय र कानूनी व्यक्तिको हितको संरक्षण गर्ने विषय पनि परराष्ट्र नीतिमा समावेस गरिएको मन्त्री ज्ञवालीले बताए । उनले नेपालले लामो समय देखि अपनाउँदै आएको असंलग्न नीतिलाई निरन्तरता दिने समेत प्रष्ट पारे ।

परराष्ट्र नीतिको पुर्णपाठ हेर्नको लागि तल क्लिक गर्नुहोसः
परराष्ट्र-नीति-२०७७


सम्बन्धित शीर्षकहरु

भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकर को ७५ वर्षको उमेरमा निधन भएको छ। परिवारका अनुसार उनलाई गोवास्थित आफ्नै घरमा अचेत…

इथियोपियाको उत्तरी टिग्रे क्षेत्रमा फेरि तनाव बढेको छ। स्थानीय बासिन्दाहरूका अनुसार इरिट्रियाली सैनिकहरू सीमा पार गरेर टिग्रे क्षेत्रभित्र प्रवेश गरेका…

अमेरिकामा मृत्युदण्ड पाएकी क्रिस्टा पाइक नामकी महिला असफल मृत्युदण्ड प्रयासपछि अस्पतालमा होसमा आएकी छन्। उनका वकिलका अनुसार होस खुल्दा उनी…

प्रतिकृयाहरू
...